Monday 15th June 2026

पाकिस्तानमा भएका अात्मघाती हमलामा ८५ जनाको मृत्यु


तितोपाटी – पाकिस्तानको बलोचिस्तान तथा पेसावरमा शुक्रबार गराइएका छुट्टाछुट्टै आत्मघाती विस्फोटमा परी एक उमेदारसहित ८५ जनाको मृत्यु भएको छ । १ सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरूले जनाएका छन् ।

बलोचिस्तान प्रान्तको चुनावी र्‍यालीमा भएको बम आक्रमणमा बलोचिस्तान अवामी पार्टी (बीएपी) का उम्मेदवार नवाबजादा सिराज रैसानी मारिएका हुन् । पाकिस्तानमा यही जुलाई २५ मा आमनिर्वाचन हुँदै छ । रैसानी बीएपीका तर्फबाट मास्तुङका उम्मेदवार थिए । अधिकारीहरूले घाइतेहरूको क्वेटा सिभिल अस्पतालमा उपचार भइरहेको जनाएका छन् । यसअघि पाख्तुंखवा प्रान्तमा गरिएको आक्रमणमा ११ जना घाइते भएका थिए ।

पाकिस्तानमा आसन्न निर्वाचनको प्रचारप्रसारका लागि आयोजित र्‍यालीका सहभागी लक्षित आक्रमणमा हालैका दिनमा वृद्धि भएको अधिकारीहरूले जनाएका छन् । ‘बलोचिस्तान घटनामा परी कम्तीमा ३३ को मृत्यु भएको छ, मृत्यु हुनेको संख्या बढ्न सक्ने भएकाले हामी चिन्तित छौं,’ प्रान्तीय गृहमन्त्री अघौमर बुंगाल्जाईले भने ।


सम्बन्धित शीर्षकहरु

बेरुत। इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित हिजबुल्लाहका लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा…

इजरायलको प्रसिद्ध पर्यटकीय गन्तव्य ग्यालिली समुद्र सामान्यतया शान्त वातावरण, प्राकृतिक सौन्दर्य र पारिवारिक घुमघामका लागि परिचित छ। प्रत्येक वर्ष हजारौँ…

कुवेतमा मिर्गौला रोगबाट पीडित अञ्जु माया स्याङ्तान(राहदानी नं. PA1496153)का लागि नेपाली समुदायको सक्रियतामा आर्थिक सहयोग संकलन गरि सहयोग गरिएको छ।…

प्रतिकृयाहरू
...