Tuesday 23rd April 2024

पाकिस्तानमा भएका अात्मघाती हमलामा ८५ जनाको मृत्यु


तितोपाटी – पाकिस्तानको बलोचिस्तान तथा पेसावरमा शुक्रबार गराइएका छुट्टाछुट्टै आत्मघाती विस्फोटमा परी एक उमेदारसहित ८५ जनाको मृत्यु भएको छ । १ सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरूले जनाएका छन् ।

बलोचिस्तान प्रान्तको चुनावी र्‍यालीमा भएको बम आक्रमणमा बलोचिस्तान अवामी पार्टी (बीएपी) का उम्मेदवार नवाबजादा सिराज रैसानी मारिएका हुन् । पाकिस्तानमा यही जुलाई २५ मा आमनिर्वाचन हुँदै छ । रैसानी बीएपीका तर्फबाट मास्तुङका उम्मेदवार थिए । अधिकारीहरूले घाइतेहरूको क्वेटा सिभिल अस्पतालमा उपचार भइरहेको जनाएका छन् । यसअघि पाख्तुंखवा प्रान्तमा गरिएको आक्रमणमा ११ जना घाइते भएका थिए ।

पाकिस्तानमा आसन्न निर्वाचनको प्रचारप्रसारका लागि आयोजित र्‍यालीका सहभागी लक्षित आक्रमणमा हालैका दिनमा वृद्धि भएको अधिकारीहरूले जनाएका छन् । ‘बलोचिस्तान घटनामा परी कम्तीमा ३३ को मृत्यु भएको छ, मृत्यु हुनेको संख्या बढ्न सक्ने भएकाले हामी चिन्तित छौं,’ प्रान्तीय गृहमन्त्री अघौमर बुंगाल्जाईले भने ।


सम्बन्धित शीर्षकहरु

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ…

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

प्रतिकृयाहरू
...