Saturday 27th April 2024

चीनमा अाैधगिक क्षेत्रमा बिष्फोट, १९ जनाको मृत्यु


तितोपाटी – चीनको सिचुवान प्रान्तस्थित औद्योगिक क्षेत्रमा भएको विस्फोटमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । अधिकारीहरुले १२ जना घाइते भएको जनाएका छन् । समाचार संस्था रोयटर्सले जियाङ आन काउन्टीका अधिकारीलाई उदृत गर्दै यिबिन हेन्ग्डा टेक्नोलोजीको परमाणु केन्द्रमा विस्फोट भएको जनाएको छ ।

चिनियाँ समाजिक सञ्जालमा पोष्ट गरिएका तस्बिरहरुमा ठूलो आगोको मुस्लो तथा धुँवा उडेको देखिन्छ ।

विस्फोटको कारण भने थाहा हुन नसकेको अधिकारीले जनाएका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार विस्फोटपछि भएको आगलागी नियन्त्रणमा लिइएको छ ।

घाइतेहरुको अवस्था स्थिर रहेको तथा अधिकारीले घटनाबारे अनुसन्धान गरिरहेको सिन्ह्वाले जनाएको छ । यिबिन हेन्ग्डा टेक्नोलोजीले खाना तथा औषधि कम्पनीका लागि रसायनहरुको उत्पादन गर्ने गर्छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार विस्फोट तथा आगलागीका कारण तीन तले भवन पूर्णरुपमा ध्वस्त भएको छ । सन् २०१५ मा चिनको तियानजिनस्थित एक रसायनिक गोदामा भएको विस्फोटमा परि १ सय ७३ जनाको ज्यान गएको थियो ।


सम्बन्धित शीर्षकहरु

इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान शुरु भएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान शुरु…

तान्जानियामा सातादेखिको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी १५५ जनाको मृत्यु भएको छ । तान्जनियाको सरकारका अनुसार सो…

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते…

प्रतिकृयाहरू
...