Sunday 1st March 2026

युएइको दूतावास र एनअारएनको पहलमा युएइमा बेचिएका ३ जना नेपाली चेलीको उद्दार


तितोपाटी – गैर आवासिय नेपाली संघ युएई र नेपाली दूतावास युएईको पहलमा युएईमा बन्धक बनेका तीन जना नेपाली महिलाको उद्दार गरिएको छ ।

उद्धार पश्चात बर्दिया घर भएकी रेनुका विक र उनकी साथी भुप कुमारी कार्कीलाई नेपाल फर्काइएको छ । उद्दार हुन लागेको थाहा पाएपछि एजेन्टले एक महिलालाई भने भगाएर अन्यत्रै राखेको थियो । यद्यपी नेपाली दूतावास युएई उनको पनि उद्धार गर्न सफल भएको छ । ती महिलालाई हाल दूतावासको सेल्टरमा राखिएको छ । आवश्यक प्रक्रिया पुरा गरी उनलाई पनि नेपाल फर्काइने एनआरएन युएईका प्रबक्ता मनु क्षेत्रीले नयाँ पत्रिकालाई जानकारी दिए ।

घरेलु कामदारको रुपमा काम गर्नको लागि अबैधानिक बाटो हुँदै युएई पुर्याइएका उनीहरुलाई अलएन शहरको एक घरमा करिब एक वर्षदेखि बन्धक बनाएर राखिएको थियो ।

कसरी भयो उद्धार ?
केहि दिन पहिले सामाजिक सञ्जालमा एउटा भिडियो आयो । भिडियोमा बोल्ने महिलाले रातो सल अनुहारमा बेरेर आफू लगायत आफ्ना अन्य २ जाना साथीहरू युएईको कुनै ठाउँमा बन्धक रहेको बताएकी थिइन । आफूहरु रहेको ठाउँ थाहा नभएको र आफुहरु तीन चार ठाँउमा पटक पटक बेचिनुपरेका भन्दै उद्धार गरिदिन अनुरोध गरिएको थियो ।

उक्त भिडियो बाहिर आएपछि एनआरएन युएईको सक्रियतामा उनीहरुको सम्पर्क, उनीहरु भएको स्थान र दलालको पहिचान गरिएको थियो । ततपश्चात नेपाली दूतावास लगायतको पहल र दलाललाई चौतर्फी दवाव दिएर उनीहरुलाई उद्दार गरिएको एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले बताए ।

उनले उद्दार कार्यमा अभिभावकको भूमिका निर्वाह गर्ने नेपाली राजदूतावास अबुधाबी लगायत एनआरएन युएईका सदस्यहरु र अन्य व्यक्तिहरु धन्यवादको पात्र रहेको पनि बताए । साथै अबैधानिक बाटोबाट ल्याएर ओमन र युएईको सिमा क्षेत्रमा पर्ने अलएन शहरमा नेपाली महिलाहरु राखेर ओमनमा बिक्रि गर्ने दलालहरुको ठुलो समुह रहेको जानकारीमा आएको र त्यसलाई एनआरएन युएईले गम्भीर रुपमा लिएको अध्यक्ष श्रेष्ठले बताए ।

-नयाँपत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

पासपोर्टहरू कस्का थिए ? काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली जाँदै गरेको अवस्थामा ४८ थान राहदानी (पासपोर्ट) बोकेर पक्राउ परेकी…

नेपालको निर्वाचन–राजनीति फेरि एकपटक असहज प्रश्नहरूको घेरामा छ। चुनाव नजिकिँदै गर्दा बीबीसी ले जेन्जी आन्दोलनसम्बन्धी विस्तृत प्रतिवेदन सार्वजनिक गर्‍यो। त्यसले…

बेइरुत/तेहरान/तेलअभिव — इरानमाथि सम्भावित अमेरिकी सैन्य कारबाहीको चर्चा चुलिँदै जाँदा मध्यपूर्वको शक्ति–सन्तुलनमा इरानसमर्थित सशस्त्र समूह हिज्बुल्लाह को भूमिकामाथि नयाँ प्रश्न…

प्रतिकृयाहरू
...