Thursday 25th April 2024

पाकिस्तानमा यहि जुलाइ २५ मा हुने अाम निर्वाचनलार्इ लक्षित गरि हिंसात्मक अाक्रमण


तितोपाटी – यही जुलाई २५ मा हुन लागेको आमनिर्वाचनको लागि पाकिस्तानमा प्रचार प्रसार अभियान शुरु भएको छ । यस अभियानसँगै देशमा हिंसा भड्किने त्रासबीच बुधबार यस्तै हिंसात्मक आक्रमण भएको र त्यसमा परी कैयौँ नागरिकको ज्यान गएको समाचार प्राप्त भएको छ ।

पाकिस्तानको निर्वाचन आयोगले प्रचारप्रसार शुरु भएको जनाएको छ र सेनालाई स्वच्छ तथा निष्पक्ष निर्वाचन गराउने काममा सहयोगीको रूपमा विश्वास गरेको छ । उक्त आक्रमणमा अवामी नेशनल पार्टीका एकजना स्थानीय नेता अवामीहरु पनि मारिएका छन् । उनी पनि सो निर्वाचन र्यालीमा सहभागी भएका थिए ।

उक्त राजनीतिक दल पनि निर्वाचनमा सहभागी भएको छ । यस दललाई विगत लामो समयदेखि पाकिस्तानका स्थानीय तालिवानले विरोधको तारो बनाएका छन् ।

मङ्गलबार भएको उक्त हमलाको पनि तालिबानले नै जिम्मेवारी लिएका छन् । हमलामा ६३ जना घाइते भएका छन् । आक्रमणमा घाइते भएका ३५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

आागमी निर्वाचनका लागि सुरक्षा खतरा रहेको चर्चा पाकिस्तानमा शुरु भएको छ । अर्कातर्फ पाकिस्तानी सेनाका प्रवक्ताले आगामी निर्वाचनमा सुरक्षा खतरा रहेको भनी प्रतिक्रिया दिएको केही घन्टापछि यता यो हमला भएको छ ।

निर्वाचनको अभियानको पहिलो दिननै शक्तिशाली हमला भएको अधिकारीले बताएका छन् । उनीहरुले निर्वाचन अभियानलाई सुरक्षित बनाउने उपायका बारेमा सरकारसँग आग्रह गरिरहेका छन् ।

सेनाको भूमिका नहुने

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार आगामी जुलाई २५ मा हुने निर्वाचनमा पाकिस्तानको राष्ट्रिय सेनाले सरकारले दिएको आदेश बमोजिम काम गर्ने तर आफ्नो कुनै स्वार्थ र ‘प्रत्यक्ष भूमिका नरहने’ बताएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ताले मङ्गलबार बताएअनुसार सेनाले सुरक्षा र निर्वाचन सम्पन्न गर्न मात्र आफूहरु खट्ने जानकारी दिएका हुन् ।

पाकिस्तानको सेनाले आगामी निर्वाचनको विषयलाई लिएर यहाँका सञ्चारमाध्यम र सत्ताधारी दलमाथि दवाव सिर्जना गर्न खोजेको भनी आरोप लागेकोमा त्यसप्रति लक्षित गरी सेनाका प्रवक्ताको यो भनाइ आएको हो ।

पाकिस्तानमा शक्तिशाली मानिने सेनाले आरोपको खण्डन गर्दै करिब तीन लाख ७० हजार सेना निर्वाचनमा खट्ने र आफ्नो कुनै स्वार्थ नरहने पाकिस्तानी सेनाका मेजर जनरल असिफ घाफुरले बताए ।


सम्बन्धित शीर्षकहरु

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

प्रतिकृयाहरू
...