Friday 26th April 2024

मुलुक भर असार मासको बाढी पहिरो, मर्नेको संख्या ५० पुग्यो


तितोपाटी – केही दिनयता अविरल वर्षाका कारण देशका विभिन्न ठाउँ आएको बाढी पहिरोका कारण ५० जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयले मंगलबार विज्ञाप्ति निकाल्दै बाढी पहिरोका कारण ९ जना बेपत्ता र २२ जना घाइते भएको उल्लेख छ । बेपत्ताको खोजी र घाइतेको उपचार भइरहेको गृह मन्त्रालयले विज्ञाप्ति मार्फत जनाएको छ ।

बाढ, पहिरो, डुबान र चट्याङ्बाट प्रभावितको उद्धार र राहत वितरणमा सेना,प्रहरी, स्थानीय प्रशासन स‌ंघस‌ंस्था परिचालन गरिएको मन्त्रालयलयले जनाएको छ । क्षति भएका सडक पुल लगायत अत्यावश्यक सेवाहरुलाई वैकल्पिक उपाय अवलम्बन गरी यथाशीघ्र सञ्चालन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले उद्धार तथा खोज कार्यका लागि हेलिकप्टर प्रयोग गरेको जनाएको छ । सतर्कता र तयारीका लागि सुरक्षा इकाइ र स्थानीय प्रशासन तयारीमा राखिएको मन्त्रालयका प्रवत्ता एवं सहसचिव रामकृष्ण सुवेदीले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...