Friday 9th October 2026

मुलुक भर असार मासको बाढी पहिरो, मर्नेको संख्या ५० पुग्यो


तितोपाटी – केही दिनयता अविरल वर्षाका कारण देशका विभिन्न ठाउँ आएको बाढी पहिरोका कारण ५० जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयले मंगलबार विज्ञाप्ति निकाल्दै बाढी पहिरोका कारण ९ जना बेपत्ता र २२ जना घाइते भएको उल्लेख छ । बेपत्ताको खोजी र घाइतेको उपचार भइरहेको गृह मन्त्रालयले विज्ञाप्ति मार्फत जनाएको छ ।

बाढ, पहिरो, डुबान र चट्याङ्बाट प्रभावितको उद्धार र राहत वितरणमा सेना,प्रहरी, स्थानीय प्रशासन स‌ंघस‌ंस्था परिचालन गरिएको मन्त्रालयलयले जनाएको छ । क्षति भएका सडक पुल लगायत अत्यावश्यक सेवाहरुलाई वैकल्पिक उपाय अवलम्बन गरी यथाशीघ्र सञ्चालन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले उद्धार तथा खोज कार्यका लागि हेलिकप्टर प्रयोग गरेको जनाएको छ । सतर्कता र तयारीका लागि सुरक्षा इकाइ र स्थानीय प्रशासन तयारीमा राखिएको मन्त्रालयका प्रवत्ता एवं सहसचिव रामकृष्ण सुवेदीले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।


सम्बन्धित शीर्षकहरु

भारतको चेन्नईमा ४ अक्टोबर २०२६ मा आयोजित ‘धर्मरक्षा महोत्सव’ मा भारतीय प्रविधि संस्थान मद्रास (आईआईटी मद्रास) का निर्देशक तथा वैज्ञानिक…

यहूदी समुदायको विश्व जनसङ्ख्या तुलनात्मक रूपमा सानो भए पनि नोबेल पुरस्कार विजेतामा उनीहरूको उल्लेखनीय उपस्थिति छ। अर्कोतर्फ, विश्वभर करिब दुई…

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

प्रतिकृयाहरू
...