Sunday 11th January 2026

कुवेतमा दश बर्ष देखी सम्पर्क बिहिन भएकी सुनकेसरीलाई २५ लाख पारिश्रमिक सहित घर फर्काइदै


हरी कृष्ण न्यौपाने-करिब १० बर्ष देखी कुवेतमा परिवार तथा आफन्तहरुसंग संपर्क बिहिन भएकी साबिकको उहिया-८ गोरखाकी ३१ बर्षिय सुनकेसरी गुरुङलाई नेपाली दुताबास कुवेतको अथक मेहनत पछी घर फर्काइदै छ।उनलाई दश बर्षको पारिश्रमिक एकमुस्ट रुपमा २५ लाख भन्दा बढी नेपाली रुपैया पनि दिलाइएको छ।

नेपाली राजदूतावास कुवेतका कुटनैतिक पदाधिकारी मनोज कुमार सिंहको निरन्तरको अथक प्रयासपछि गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष सहयोगमा सुनकेशरीको घरपरिवार पत्ता लगाई उनलाई परिवारसँग सम्पर्क गराई घर फर्काउन सफल भएको हो।

मनोज कुमार सिंहले तितोपाटी डटकम संग भने”सुनकेसरीलाई उनको १० बर्षको एकमुस्ट पारिश्रमिक दिलाएर घर फर्काउन सक्नु मेरो जिन्दगीमै एक नयाँ र अबिश्मरणिय अनुभब हो।” सिंहले भने”आफ्नो कुवेती साहुसंग राहदानी नविकरणका लागि नेपाली राजदूतावास आएकी सुन केसरीलाई उनको राहदानी नबिकरणका क्रममा उनको विवरण लिने क्रममा उनमा देखिएको उकुस-मुकुस पनका कारण मैले मनोबैज्ञानीक रुपमा उनको पिडा बुझेर बढी सोध खोज गरेँ।

सुनकेसरी त्यती पढे लेखेकी नभएकी कारण अहिले नेपाली भाषा बोल्न समेत लगभग बिर्सीसकेकी रहिछन।” सिंहले थपे”राहदानी नं-४३८२५१२ रहेकी सुनकेसरी सन २००९ मार्चमा कुवेत आएकी हुन।सन २००९ देखी एक पटक पनि घरमा फोन तथा कुनै संपर्क नभएको थाहा पाए पछी मैले उनको राहदानीको ठेगानाको आधारमा कुवेतको नेपाली समुदाय मार्फत उनको परिवारसम्म पुग्न प्रयास गरे तर नसके पछी प्रमुख जिल्ला अधिकारीको सहयोगमा सुनकेसरीको परिवार संग संपर्क भयो।उनिहरुले १० बर्ष देखी संपर्कमा नभएकी आफ्नी चेली सुनकेसरीलाई माया मारी सकेका रहेछन।सिंहले भने”जब सुनकेसरी र घरका मान्छेको कुरा भयो दुई पक्षमा खुशीको रुवाबासी चल्यो।उनको मलेसिया तथा साउदी अरेवियामा कार्यरत दाईहरुसँग पनि कुरा भयो।घर-परिवारले निरन्तर आफ्नो चेली पठाउन अनुरोध गरी रहे यता मलाई पनि सबै प्रकृया पुरा गराएर १० बर्षको पारिश्रमिक एकै पटक दिलाउन अत्यन्तै कठिन थियो।

१० बर्षको पारिश्रमिक एक मुस्ट दिलाउन कसरी सम्भब भयो? भन्ने प्रश्नमा सिंह भन्छन,जब सुनकेसरीको सबै ब्यथा सुने पछी म मन मनै बिछिप्त भएँ।जसरी पनि कुवेती संग अनुनय-बिनय गरेर उनलाई दश बर्षको तलब सहित घर फर्काउने अठोट लिएकोले निरन्तर कुवेती संग संपर्कमा रहे तर बिचमा लामो समय संपर्क हुन नसक्दा मलाई छटपटी र चिन्ता लागिरह्यो।।हरेक दिन एक पटक कल गर्थे तर कहिल्यै नलाग्ने।त्यसै क्रममा एक दिन संपर्क भए पछी सुनकेसरीको कुवेती साहुलाई राजदूतावासमा भेटन आउन आग्रह र अनुरोध गरेँ।उनी आए पछी बिभिन्न उदाहरण र गरीबी अनी सुनकेसरीको दु:ख देखाउँदै उनलाई सबै तलब दिएर घर फर्काउन अनुरोध गरेँ।शुरुमा उसले इन्कार गरे पनि बिस्तारै राजी भए पछी उनले २५ लाख नेपाली रुपैया भन्दा बढी सुनकेसरी सहित राजदूतावाससमै आएर मलाई बुझाए, जुन क्षण अत्या अबिस्मरणिय छ।

यसै बिच सुनकेसरी आज मिति जुलाई-९,सोमबार २०१८का दिन बेलुकी ५:००बजे एयर अरबियाको फ्लाइटबाट नेपाल जाने भएकी छिन।निजलाई लिन नेपालको विमानस्थलमा उनको दाई खेम बहादुर गुरुङ तथा तथा परिवारका सदस्य आउने भएका छन।सुनकेसरी दुबइको सारजाह हुँदै १० जुलाई बिहान् ९:२०बजे नेपाल पुग्ने छिन।


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै ठुलो संख्यामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना…

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

प्रतिकृयाहरू
...