Monday 7th September 2026

जापानमा बाढी पहिरोको कारण मर्नेको संख्या ५२ नाघ्यो


तितोपाटी – पश्चिमी जापानको विभिन्न क्षेत्रहरुमा निरन्तर भैरहेको बर्षाका कारण आएको बाढि र पहिरोमा परि आइतवार विहान ९ बजेसम्म कम्तिमा ५२ जनाले ज्यान गुमाएका छन् ।

पहिरो तथा खोलामा पानीको उच्च बहावका कारण अन्य ४४ जनाभन्दा बढि हराइरहेको र भेटिएका ६ जनाको अवस्था गम्भिर रहेको एनएचके अनलाइनले जनाएको छ । मृतकहरुमध्ये धेरैजना पहिरोमा परि मर्नेहरु छन् ।

प्रभावित क्षेत्रहरुमा आत्मरक्षा दल, प्रहरी तथा अग्नि नियन्त्रक कर्मचारीहरु गरि ४८००० जना खटिरहेको समाचारमा उल्लेख छ ।

सामुन्द्रिक टापु होन्सुमा भिषण बर्षाका कारण आएको आँधीहुरी, पहिरो र बाढीमा परि सो संख्यामा हताहती भएको मौसम विभागलाई उद्दृत गर्दै जापानी सञ्चार माध्यमले जनाएका छन् । सो क्षेत्रमा इतिहासकै भिषण बर्षा भएको विभागको भनाई छ । केही स्थानहरुमा जारि गरिएको इमर्जेन्सी एलर्ट पचास बर्षमा एक वा दुईपटक जारि गरेजस्तै भएको बताइएको छ ।

सबैभन्दा धेरै प्रभावित बनेको हिरोसिमा प्रिफेक्चरमा मात्र २३ जनाले ज्यान गुमाएका छन् भने २१ जना हराइरहेका छन् ।अन्य मृतकहरु ओशाका, सिगा, ह्योगो, ओकायामा, यामागुची तथा फुकुओका प्रिफेक्चरका वासिन्दाहरु रहेका छन् । त्यस्तै एहिमे प्रिफेक्चरमा मात्रै १८ जनाको मृत्यु भएको छ भने ७ जना हराइरहेका छन् । त्यस्तै हिरोसिममामा २ जना, कागोसिमामा २ जना र क्योतो प्रिफेक्चरमा २ जना अचेत अवस्थामा भेटिएका छन् ।

पूर्वी र पश्चिमी क्षेत्रमा भिषण बर्षाको जोखिम आइतबारसम्म जारी रहने मौसम विभागले जनाएको छ । भिषण बर्षाका कारण पश्चिमी शहर हिरोसीमा, ताकासीमा, यामागुची लगायत क्षेत्रका करीब १६ लाख मानिसहरु प्रभावित भएको जनाइएको छ ।

प्रभावित क्षेत्रमा जमिन जलमग्न भएको तर पहिरोका कारण घरहरु भत्किइरहेका दृष्यहरु जापानी टेलिभिजनहरुले निरन्तर देखाइरहेका छन् ।

सन् २०१४ अगस्त महिनामा हिरोसिमा प्रिफेक्चरमा भारी बर्षापश्चाच आएको बाढि र पहिरोमा परि ७७ जनाले ज्यान गुमाएका थिए । स्थानिय वासिन्दाले यसपटकको बाढि ४ बर्ष अघिको भन्दा भयानक भएको बताए ।

जापानको उत्तरपश्चिमी देखि पश्चिमी भागका धेरै स्थानहरुमा रहेका खोला तथा नदिहरुमा पानीको बहाव उच्च छ भने बस्तीहरु जलमग्न बनेका छन् । अधिकांश स्थानहरुमा हवाइ तथा सडक यातायात ठप्प बनेको छ भने सिनकानसेनहरु चलेका छैनन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...