Monday 7th September 2026

इन्डोनेसियामा फेरी डुब्दा २९ जनाको मृत्यु, ३१ जना वेपत्ता


तितोपाटी – इन्डोनेसियको एक सामुद्रिक तटमा फेरी डुब्दा २९ जनाको मृत्यु भएको छ भने करिब ३१ जना बेपत्ता भएका छन् ।

उक्त फेरीमा १ सय ४० यात्रु रहेको बताइएको छ । सुलावेसी टापू नजिकको सामुद्रिक तटमा मंगलबार साँझ उक्त दुर्घटना भएको हो ।

उक्त सामुद्रिक किनारा इन्डोनेसियाको जाभा प्रान्तको उत्तरतर्फ पर्छ । बुधबार बिहानसम्म पनि हराएका यात्रु भेटिएका छैनन् । उनीहरुलाई जिवीतै उद्धार गर्न सकिने सम्भावना अत्यन्तै कम रहेको अधिकारीहरुले जनाएका छन् ।

दुई साताअघि पनि सुमात्रा टापूनजिकै भएको फेरी दुर्घटनामा १ सय ६० जना हराएका थिए । उनीहरुमध्ये केहीको मात्र उद्धार भएको थियो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...