Monday 5th October 2026

निषेधित क्षेत्र भएकाले डा. केसीलाई अस्पताल सार्न नमिल्ने स्थानीय प्रशासनको स्पष्टोक्ति


जिल्ला प्रशासन कार्यालय जुम्लाले स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान बन्द-हड्ताल निषेध क्षेत्र भएकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा अनशनरत डा. गोविन्द केसीलाई स्तानान्तरण गर्न नसकिने स्पष्ट पारेको छ।

प्रतिष्ठानलाई प्रशासनले पठाएको प्रमुख जिल्ला अधिकारीद्धारा हस्ताक्षरित पत्रमा सरकारले गत वैशाख १८ गते राजपत्रमा सूचना प्रकाशित गरी स्वास्थ्य सेवालाई बन्द—हड्ताल निषेधित क्षेत्र घोषणा गरेकाले त्यसको पालना गर्न अनुरोध गरिएको छ।

साथै प्रशासनले उक्त सूचनालाई मध्यनजर गर्दै प्रतिष्ठानका कुनै पनि सेवा कुनै पनि बहानामा बन्द नर्गन डा. केसीका समर्थक चिकित्सक तथा नर्सलाई आग्रह समेत गरेको छ।

डा.केसीको समर्थनमा मंगबारदेखि प्रतिष्ठानका चिकित्सक, नर्स र विद्यार्थी त्यहाँको आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेर सडकमा उत्रिएका छन्।

जिल्ला खेलकुद विकास समिति जुम्लाको कवर्ड हलमा चार दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै उनको जीवन रक्षाका लागि प्रतिष्ठानको अस्पतालमा सार्न उनका समर्थक चिकित्सकले प्रशासनलाई आग्रह गर्दै आएका छन्।

डा. केसीमा छाती दुख्ने समस्या बढेको छ भने रक्तचाप पनि तलमाथि भइरहेको उनका समर्थक किशोर केसीले जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...