Monday 7th September 2026

थाइल्याण्डमा ९ दिन देखि गुफामा फसेकाहरू जिवितै, उद्दार गर्न समय लाग्ने


तितोपाटी – थाइल्यान्डको एक गुफामा ९ दिन अघिदेखि हराइरहेका १३ जना भेटिएका छन् । तर उनीहरूकाे उद्धार गर्न अझै केही समय लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गुफामा फसेकामा १२ बालक र १ जना तिनका प्रशिक्षक रहेका छन् । उनीहरु गुफा घुम्न गएका बेला फसेका थिए ।

चियांग राईको थाम लुएङ गुफामा फसेका उनीहरुलाई उद्धारकर्ताले भेटेका हुन् । गुफाभित्र पानीकाे भेल पसेकाले उनीहरुलाई बाहिर निकाल्न भने अझै केही समय लाग्ने बताइएको छ भने उनीहरुलाई बाहिर निकाल्ने उपाय खोजी भइरहेको जनाएको छ ।

गुफामा फस्नेमा ११–१६ वर्ष उमेर समूहका १२ बालका र २५ वर्षीय तिनका फुटबल प्रशिक्षक रहेका छन् ।

गुफामा फसेका १२ बच्चासहित एक कोचले कि त डाइभ हान्न सिक्नुपर्ने कि महिनौंसम्म बाढी कम नहुञ्जेलसम्म गुफाभित्रै बस्नुपर्ने स्थिती निम्तिएको त्यहाँको सेनाले बताएको छ ।

बचाउ दलका सदस्यलाई बाढीले समस्या पारिरहेकाले तत्कालका लागि खानेकुरा र औषधी उपचारको व्यवस्था मिलाइएको बीबीसीले बताएको छ ।

उनीहरुलाई चार महिनासम्म पुग्ने गरी खाना आपूर्ती गरिने सेनाले बताएको छ ।

आफ्ना फुटबल कोचसहित १२ बच्चाहरु ९ दिन अघि चियंग रायस्थिती ट्याम लूंग गुफामा हराएका थिए ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...