Thursday 18th April 2024

अमेरिकाद्वारा ८ देशका नागरिकलार्इ अमेरिका छिर्न प्रतिबन्ध


तितोपाटी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम बाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रूपमा यो एजेण्डा अघि सारेका थिए । यसअघि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ ।

राष्ट्रपति ट्रम्पले गत वर्ष नै सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको आदेशात्मक कानुन बनाएका थिए ।

त्यस कानुनलाई अमेरिकाका विभिन्न तहका अदालतले बदर गरिदिएका थिए । त्यसपछि ह्वाइटहाउस स्वयम्कै यो मुद्दा सर्वाेच्च अदालत पुगेको थियो ।

विश्वका केही देश, मानवअधिकारवादी र अमेरिकी अधिकारवादीहरूले यसरी कुनै निश्चित देशका नागरिकलाई अमेरिका छिर्न नपाउने भनी गरेको निर्णयको विरोध गरेका थिए ।

तर मंगलबार अमेरिकी सर्वोच्च अदालतले भने ट्रम्पको निर्णय सदर गरिदिएको छ । यो मुद्दाको फैसला न्यायाधीशको बहुमत संख्यााको आधारमा गरिएको बताइएको छ ।

उक्त मुद्दाको फैसलामा ४ जना न्यायाधीशले सदर गर्न नहुने अडान लिएका थिए भने ५ जनाले भने ती मुस्लिम देश बाहुल्य भएका र अरू २ गरी ८ देशका नागरिकलाई अमेरिका छिर्न प्रतिबन्ध लगाउनुपर्ने पक्षमा मत राखेका थिए ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि एकपछि अर्को गर्दै विभिन्न विषयमा उनका निर्णयहरू विवादमा परेका र अधिकांश त बदर नै भइरहेका छन् ।

कतिपयले उनको कार्यकाललाई विवादास्पद भनिरहेका छन् । तर, यो फैसला भने ट्रम्पको पक्षमा आएको छ । अमेरिकी सञ्चारमाध्यमहरूले यो पछिल्लो फैसलालाई उहाँको अहिलेसम्मकै ठूलो जितका रूपमा पनि लिएका छन् ।


सम्बन्धित शीर्षकहरु

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकानब्बेऔंमा…

एसीसी प्रिमियर कप टी–२० क्रिकेटमा नेपाल समुह चरणमा अग्रस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानमा भइरहेको प्रतियोगितामा नेपालले बुधबार…

लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका सीमा क्षेत्रको अध्ययन गर्नु छ यो देशले आफ्नो भू-भागको अध्ययन गर्नुपर्छ  लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रै…

प्रतिकृयाहरू
...