Thursday 25th April 2024

नाइजेरियामा साम्प्रदायिक हिंसा भड्किदा ८६ जनाको ज्यान गयो


नाइजिरियाको प्लेटो राज्यमा किसान र फिरन्ते गोठालाहरूबीचको हिंसामा कम्तीमा ८६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

बेरोम आदिवासी किसानहरूले फुलानी समुदायका गोठालाहरूमाथि आक्रमण गरेपछि बिहीवार हिंसा सुरु भएको विवरणमा प्राप्त भएका छन्। त्यसपछि शनिवारको प्रत्याक्रमणमा थप मानिसहरूको ज्यान गएको हो।

भूमिका लागि लड्दै आएका आदिवासी समूहहरूबीच सो क्षेत्रमा साम्प्रदायिक हिंसाको लामो इतिहास रहिआएको छ।

घटनापछि प्लेटो राज्यका तीनवटा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।
घटनापछि गाउँहरूमा गरिएका खोजबिनका क्रममा ८६ जना मारिएको र ६ जना घाइते भएको पाइएको सो राज्यका प्रहरी प्रमुख युन्डी एडीले बताए। उनका अनुसार ५० वटा घरका साथै १५ वटा मोटरसाइकल र दुईवटा गाडी पनि जलाइएको छ।

लागोसस्थित बीबीसीका संवाददाताका अनुसार पुरानो द्वन्द्व क्रूरताको नयाँ तहमा पुगेको छ। जमिनमा पहुँच र जनावरको चरनको अधिकारलाई लिएर मध्यनाइजेरियामा किसान र फिरन्ते गोठालाहरूबीच भिडन्तहरू हुँदै आएका दृष्टान्त छन्। तर आक्रमण र प्रत्याक्रमणका घटना अहिले साम्प्रदायिक लडाइँमा परिणत हुन थालेका छन्।

गत वर्ष त्यस्ता आक्रमण र प्रत्याक्रमणमा हजारौँ मानिसले ज्यान गुमाएका छन्। फिरन्ते गोठालाहरू फुलानी आदिवासी हुन् जसमध्ये अधिकांश मुस्लिम छन् भने किसानहरू मुख्यतया ईसाई हुन्।

-बीबीसी नेपालीबाट


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...