Monday 6th July 2026

जापानमा शक्तिशाली भूकम्प


तितोपाटी –  जापानको ओसाका सहरमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३ जनाको मृत्यु भएको छ ।अधिकारीहरूका अनुसार ३ सयभन्दा बढी मानिस घाइते भएका छन् । मृत्यु हुनेमा एक बालिका छन् । ९ वर्षीया बालिकाको भूकम्पले लडेको पर्खालले किच्दा मृत्यु भएको हो ।

स्थानीय समयअनुसार बिहान ७ बजेट ५८ मिनेटमा गएको भूकम्पमा ज्यान गुमाउनेमा एक ८० वर्षका वृद्धसमेत छन् ।

भूकम्पपछि उक्त क्षेत्रका विमानस्थलहरू कैयौं घण्टाका लागि अवरुद्ध हुनुका साथै रेल तथा उद्योगहरूको उत्पादन बन्द भएको अधिकारीहरूले जनाएका छन् । भूकम्पले बिहानीपखको व्यस्त समयमा रेल सेवा ठप्प भएपछि दसौं हजार मानिस अलपत्र परेका थिए । भूकम्पका कारण सयौं घरहरू भत्किनुका साथै खानेपानीको प्रणालीमा पनि अवरुद्ध भएको जनाइएको छ ।

अमेरिकी भूगर्वविद्हरूले भूकम्प ५ दशमलब ३ म्याग्निच्युडको भएको बताएका छन् । तर जापानी सञ्चारमाध्यमका अनुसार ओसाका महानगरको उत्तरी भागमा केन्द्रबिन्दु रहेको भूकम्प ६ दशमलब ३ म्याग्निच्युडको थियो ।

भूकम्प गएपछि आफूहरू त्रसित भएको स्थानीयले बताएका छन् । एक अनुसन्धाता असुसी योकोइले ‘भूकम्पका कारण आफू ब्युँउझिएको बताए । सोमबारको भूकम्पका कारण कम्तीमा १ लाख ७० हजार घरमा विद्युत् तथा एक लाखभन्दा बढी घरमा ग्यास आपूर्ति बन्द भएको अधिकारीहरूले जनाएका छन् ।

अधिकारीहरूले भूकम्पको धक्काले क्योटो, नारा, हयोगो, सिगालगायत स्थानमा समेत क्षति पुगेको जनाएका छन् । जापानको जलवायु संस्थाले केही दिनभित्रै अर्को शक्तिशाली भूकम्प जाने चेतावनी दिएको छ । अधिकारीहरूले आगामी केही दिनसमम्म बाढी पहिरोको उच्च जोखिम रहेको जनाएका छन् ।

जापान भूकम्पको अति जोखिम क्षेत्र मानिन्छ । विश्वकै ६ म्याग्निच्युटमाथिका भूकम्पमध्ये २० प्रतिशत जापानमा जाने गर्छन् । सन् १९९५ मा दक्षिणी जापानको कोबे नगरमा गएको ७ दशमलब ३ म्याग्निच्युडको भूकम्पका कारण ६ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । त्यसयता जापानले भूकम्पसम्बन्धी आफ्ना नियममा कडाइ गर्दै पुराना विद्यालय भवन, सडक तथा अन्य सार्वजनिक संरचनामा नयाँ मापदण्ड लागू गरेको हो ।


सम्बन्धित शीर्षकहरु

रियाद — यमनको लामो समयदेखिको द्वन्द्वका बीच साउदी अरब नेतृत्वको यमनी सरकार समर्थक गठबन्धनले हुथी समूहप्रति कडा टिप्पणी गरेको छ।…

वाशिङ्टन डीसी। पृथ्वीको कक्षाबाट क्रमशः तल झर्दै गएको अन्तरिक्ष दूरबिनलाई जोगाउने उद्देश्यले अमेरिकी अन्तरिक्ष एजेन्सी NASA ले नयाँ रोबोटिक उद्धार…

7 भूमिका मानव सभ्यताको इतिहासलाई हेर्दा प्रत्येक युगलाई कुनै न कुनै आविष्कारले परिभाषित गरेको पाइन्छ। आगोको आविष्कारले मानवलाई प्रकृतिमाथि विजय…

प्रतिकृयाहरू
...