Tuesday 25th August 2026

प्रधानमन्त्री अोली ६ दिने चीन भ्रमणको लागि बेइजिङ प्रस्थान


तितोपाटी – प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका लागि चीन तर्फ प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संघीय संसदका सभामुख कृष्णबहादुर महरा लगायत, राष्ट्रिय सभाका अध्यक्ष, सरकारका मन्त्रीहरुलगायतले बिदाई गरेका थिए । उनलाई नेपाली सेनाको एक टुकडीले विमानस्थलमा सम्मान गारद अर्पण गरेको थियो ।

चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा हुन लागेको यो भ्रमणमा ओली जम्बो टोली लिएर गएका छन् । निजी क्षेत्रको हिमालयन एयरलाइन्समा उनको भ्रमण टोली बेइजिङ जाने छ । भ्रमण टोलीमा चार मन्त्री, आधा दर्जन सांसद र दुई दर्जनभन्दा बढी सरकारी अधिकारी र पदमा नभएका अन्य केहीलाई पनि सहभागी गराइएको छ ।

भ्रमणका क्रममा चीनमा हुने सम्झौता, पारवहन, यातायात, सडक, पूर्वाधारमा लगानी र सहयोग तथा ऊर्जा विकास, नाकाको स्तरोन्नतिबारे विगतमा भएका सहमतिलाई कसरी र कहिले कार्यावन्यन तहमा ल्याउलान् भन्ने चासो सर्वत्र छ । चीनसँग यसअघि केही महत्त्वपूर्ण सहमति भए पनि केहीले मात्र अपेक्षित गति लिएकाले यो भ्रमणले त्यसलाई कुन ढंगले गति दिन्छ भन्नेमा कौतूहल छ ।

सन् २०१८ मा दुवै देशबाट उच्चस्तरीय भ्रमण आदानप्रदान हुने चर्चा भए पनि चीनबाट अझै भ्रमणबारे आश्वासन आएको छैन ।

भ्रमणका अवसरमा कोसी आर्थिक करिडोर, गण्डकी आर्थिक करिडोर र कर्णाली आर्थिक करिडोरका सम्बन्धमा भएका घोषणालाई सम्झौतामा रूपान्तरण गर्ने विषयदेखि रेलमार्ग अध्ययन गर्ने, तिब्बतको राजमार्ग खाद्यान्न ढुवानीका निम्ति आठवटा नाकासम्म पुर्‍याउने, केरुङ–काठमाडौं रेलमार्ग निर्माण, रसुवागढी र तातोपानीमा ‘नेपाल–चीन मैत्री पुल’ निर्माण, देशका परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापनासम्बन्धी समझदारीमा हस्ताक्षर हुने बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

केन्याभरका हजारौँ नर्सहरू उचित तलब, सुरक्षित कार्य वातावरण र आफ्नो पेशाको सम्मानको माग गर्दै हडतालमा उत्रिएका छन्। नर्सहरूका अनुसार वर्षौँदेखि…

दक्षिण सुडानको जोङ्लेई राज्यमा संयुक्त राष्ट्रसंघ (यूएन) को गस्ती टोलीमाथि सशस्त्र समूहले आक्रमण गर्दा दुई शान्ति सैनिकको मृत्यु भएको छ।आक्रमणको…

नेपालको स्वास्थ्य बीमा कार्यक्रममा सहभागीको संख्या बढे पनि यसको वित्तीय दायित्व तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार…

प्रतिकृयाहरू
...