Thursday 28th March 2024

अोछ्यानमा पिसाब फेर्ने बानी र हटाउने उपाय


डा. ललित कुमार मिश्र – एकदेखि दुई वर्षसम्मका केटाकेटीहरु आफ्नो मुत्राशयमा नियन्त्रण गर्न बिस्तारैविस्तारै सिक्छन् । पिसाब लागेको महसुश हुनेबित्तिकै ठूलामान्छेलाई भन्ने वा घरमा भए शौचालयमा गएर आफैं गर्ने हुन्छन् ।

सुत्दाखेरी राति ओछ्यानमा पिसाब फेर्ने बिरामी बच्चाहरुमा धेरैजसो हुन्छ । युवाहरुमा पनि हुन्छ तर नगन्य मात्रामा । अंग्रेजीमा यसलाई बेड वेटिंग भनिन्छ भने चिकित्सा विज्ञानमा यो रोगलाई एन्युरेसिसको नामले चिनिन्छ । निद्रामा पिसाब गर्ने बानी यदि पाँच देखि सात वर्षको उमेरको हुदाँ सम्म पनि यो रोगकायम नै रहन्छ भने-यसले गर्दा बच्चामा हिन भावना त आउछ नै साथै यो किडनीको रोग को कारण पनि बन्न सक्छ । अत; यसरोगलाई हल्का किसिमले लिनु हुँदैन । यस समस्यालाई बुझेर समयमा नै उपचार गराउनु जरुरी हुन्छ ।

केहो बेड वेटिंग :
साधारण बोलचालको भाषामा यसलाइ ओछ्यान मुत्नु भनिन्छ । साना केटा- केटीहरुमा यो समस्या हुनु सामान्य कुरो हो । आमा बाबुले अलिकगति सावधानी राखि ध्यान दिने हो भने यो समस्या सजिलै सामाधान हुनसक्छ । केटाकेटीहरुमा देखिएको यस समस्यालाई समय मै वास्ता गरिएन भने पछि ठुलो समस्या हुनसक्छ । यस्ता केटाकेटीहरु हिन भावना (ईनफेरेटि कम्पलेक्स) मनोवैज्ञानिक रोगको शिकार हुन सक्छन् । अभिभावकबाट गाली खानु परेमा यीनिहरु यसबारे कसैसँग कुरागर्न पनि चाहँदैनन् ।

सामान्य समस्या हो यो :
८५ प्रतिशत बच्चाहरु पाँच वर्षको उमेर भएपछि ओछ्यानमा पिसाब फेर्ने बानीमा कन्ट्रोल गर्नसक्छन् । हुन त उमेर बढ्दै जाने क्रममा यो रोग कम हुँदैजान्छ । १० वर्षको उमेर पछि यो समस्या पाँच प्रतिशत बच्चाहरु मात्र देखिन्छ । यसैगरी १५ वर्ष उमेर पछि मात्र एकप्रतिशत मानिसहरुमा यो समस्या रहन्छ ।

कारण :
ओछ्यानमा राति पिसाब फेर्ने प्रमुख दुई कारण छन् । पहिलो प्राईमरी र अर्को सेकेन्डरी ।
* प्राईमरी कारणमा- बेड वेटिगं गर्नेको समस्या कहिले कम हुँदैन ।
* अर्को कारण- बेड वेटिंग गर्ने शिलसिला ६ महिनासम्म रोकिन्छ र केही समय पश्चात पुन: सुरु हुन्छ । यसलाइ सेकेन्डरी कारण भनिन्छ ।
* जेनेटिक फ्याक्टर: साना बच्चाहरुको ब्लाडरको नसा म्योच्योर हुँदैन । यस कारण पिसाबलाई कन्ट्रोल गर्न सक्दैन्न ५ वर्षसम्म यस्तै हुन्छ । ६ देखि ८ वर्ष सम्मको उमेरमा मुत्राशयको नसा म्योच्योर भइसक्छ । यदि मातापिता मध्ये कुनै एक जनामा पनि यो समस्या छ भने पचासप्रतिशत केसहरुमा बच्चाहरुमा पनि यो समस्या देखिन्छ । यदि पेरेनट्स द्वयमा यो समस्या छ वा थियो भने त पचहत्तर प्रतिशत केसहरुमा यो समस्या हुन्छ । यस्तै प्रकार यदि आमाबाबुमा यस किसिमको समस्या न भएमा केवल १५ प्रतिशत बच्चाहरुमा यो रोग देखिन्छ ।
* हार्मोनल फ्याक्टर : शरीरमा पिसाब कन्ट्रोलगर्ने हार्मोन हुन्छ, जसलाइ एन्टी युरेटिक हार्मोन्स भनिन्छ । राति सुतेको बेला जब यो हार्मोन्स कमहुन्छ त्यति खेर युरिन कन्ट्रोल हुँदैन । केही केटा-केटीहरुमा मुत्राशयको क्षमताका कारणले पनि यो समस्या हुन्छ । बारह वर्षको उमेर सम्ममा पिसाबको थैलीको क्षमता वयष्कको साईज ४०० देखि ५०० एमएल पिसाब अटने जत्रो हुन्छ ।
* स्लिप डिसअर्डर: धेरैजसो केटाकेटीहरु गहिरो निद्रामा सुत्दछन्, राति उनिहरुको निद्रा खुल्दैन र ओछ्यानमै पिसाब गरिदिन्छन् । यस्तै स्ट्रेस, कब्जियत, दिमागको सुस्तिको कारणले पनि यो समस्या हुन्छ । यसको अलावा पेटमा जुका हुनु, मृगौलाले ठिकसँग काम न गर्नु, मधुमेह, ब्लाडर सानो हुनु, मुत्राशयमा शोथ हुनु, मृगौलामा पथरी हुनु आदि हो भने- मनोवेज्ञानिक समस्या जस्तै- मन्दबुद्धीको हुनु, मानसिकरुपमा अविकशित हुनु, असुरक्षाको भावना, अचानक डरलाग्दो सपना देख्नु, हरेक समय अभिभावकबाट गालीगर्ने, पिटाईखाने, सजाय दिने डर हुनु, मनमा कुनै द्वन्द चल्नु , परीक्षाको डर आदि ।

लक्षण :
बच्चा लजाएर संकोच मानेर वा आफ्नै बिचारमा हराएर बस्ने हुन्छ । शारीरिक रोग भएमा पेट दुख्ने, मलद्वार चिलाउने, पिसाब पोल्ने हुन्छ । प्रायगरी अति संवेदनशील बच्चाहरु राति सुत्दा ओछ्यानमा पिसाब फेर्ने हुन्छन् ।

के गर्ने :
* सुत्नु अगाडि अनिवार्य रुपमा पिसाब गर्ने ।
* कोल्टे परेर सुत्न बानी लगाउने ।
* बच्चाको आत्मविश्वास जगाउने, अरुको भन्दा उसको प्रसंशा गर्ने ।
* जुन दिन बच्चाले राति ओछ्यानमा पिसाब फेर्दैन, त्यो दिन बिहान ऊसलाई स्याबसी दिनुका साथै ईनाम स्वरुप केही गिफ्ट दिएर प्रोत्साहन गर्ने । यसबाट मनोबल बढेर आउँछ ।

के नगर्ने :
* उत्तानो परेर नसुत्ने ।
* सुत्नु भन्दा एकघन्टा अगाडि कुनै पनि पेय पदार्थ वा पानी न पिउने ।
* बच्चालाई परिवारको अगाडि या उसको साथीभाइहरुको अगाडि हास्यको पात्र नबनाउने ।
* डर लाग्ने खालका हिंस्रक फिल्म, टिभीको कार्यक्रम राति नहेर्ने ।
* मारपिट गर्ने, सजाए दिने वा कराएर बच्चाको मनमा डर उत्पन्न नगराउने ।

उपचार :
ओछ्यानमा पिसाब फेर्ने समस्या भएका बच्चाको उमेर तथा पिसाब गर्ने अवस्था लाइ हेरिकन चिकित्कको सल्लाहले केही टेस्टहरु गराइन्छ । जसमा पेटको एक्स-रे, युरिन टेष्ट, यसको अलाबा किल्निकल टेष्ट अर्थात बच्चाले पिसाब फेरेको डायरी चार्ट बनाउनु पर्ने हुन्छ । कहिलेकाहीँ पिसाबको मात्रा ५०० एमएल पनि हुन्छ । तर १५ देखि २० पटकसम्म पिसाब गर्न जान्छन् ।

होमियोप्याथिक औषधि :
सामान्यतया वेड वेटिंगको समस्याबाट ग्रस्त बच्चाहरुको उपचार सफलतापूर्वक लक्षणअनुसार प्रयोग हुने केही औषधिहरु निम्न लिखित छन् । जसको प्रयोग आफ्नो नजदिकको कुनै योग्य तथा अनुभवी चिकित्सकसँगको सल्लाह लिएर प्रयोग गर्न उचित हुने छ ।

औषधि:
एसिड नाईट्रिक, बेलाडोना, फोर्मिकारुफा,कास्टिकम, क्रियोजोटम, सिपिया, प्लान्टेगो, क्लोरालम, थुजा, युरेनियम, भार्वेस्कम, ईक्वीजेटम, क्वाशिया, मेगफाँस, सिना, सेन्टोनाइन, सल्फर, बेन्जोईक एसिड, नक्स भोमिका, पल्साटिला, सोरिनम, मेडोरिनम, ईग्नेशिया, भेलेरियाना आदि । अस्तु


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...