Thursday 25th April 2024

महिलाले टपलेस भएर स्विमिङ पुलमा नुहाउने !


एजेन्सी – स्विमिङ पुलमा महिलाहरुले ‘टपलेस’ (कम्मरभन्दा माथि नांगै) भएर नुहाउन पाउने कि नपाउने भन्ने विवाद यति धेरै बढेको छ कि त्यसको निर्णय मतदानमार्फत् गर्नुपरेको छ । र, यो विवादमा टपलेस भएर नुहाउन पाउने पक्षको जित भएको छ ।

यो प्रसंग हो क्याटलोनियास्थित बार्सिलोनाको एक गाउँको । लामेतिया डिल व्यालियास गाउँमा टपलेस भएर नुहाउन पाउने कि नपाउने भन्ने विषयको निर्णय भोटिङमार्फत गरिएको हो ।

टपलेस भएर नुहाउन पाउनुपर्छ भन्नेहरुको पक्षमा ६१ प्रतिशत र विपक्षमा ३९ प्रतिशत नतिजा आएको बीबीसीले लेखेको छ ।

यो गाउँ बार्सिलोनाबाट करिब ३५ किलोमिटर उत्तरतर्फ पर्दछ । यो गाउँमा करिब आठ हजार जनसंख्या छ ।

महिलाहरुले दिए भोटिङको दबाव

स्थानीय क्याटलोन प्रशासनले यस मतदानको व्यवस्था गरेको थियो । यसको नतिजा कानुनीरुपमा १६ वर्षभन्दा बढी उमेरका महिलाहरुमा लागू हुने छ ।

हालै गर्मीको बेला जब दुई महिला कुनै स्विमिङ पुलमा टपलेस भएर नुहाइरहेका थिए, त्यहाँ रहेका लाइफ गार्डले प्रहरीमा खबर गरे । प्रहरी त्यहाँ पुगेर प्रहरीले तुरुन्त बिकिनी टप लगाउन भन्यो ।

यो घटनापछि टपलेस हुन पाउनुपर्ने पक्षमा रहेकाहरुले प्रहरी र प्रशासनविरुद्ध विरोध प्रदर्शन सुरु गरे । अर्कोतिर टपलेस हुनु हुँदैन भन्ने सन्देश दिन गाउँका पुरुष र महिलाहरुको समूह बिकिनी टप लगाएर स्विमिङ पुलमा पुगे । त्यहि बेलाबाट मानिसहरुले यसको छिनोफानो जनमत संग्रहबाट गर्नुपर्ने आवाज उठाएका थिए ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...