Wednesday 24th April 2024

“पण्डित बाजेको लाैरी” को चोली तुना बोलको गीतको भिडियो रिलिज


तितोपाटी –  दीपक ओलीद्वारा निर्देशित फिल्म ‘पण्डित बाजेको लौरी’को पहिलो गीत रिलिज गरिएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘चोली तुना…’ बोलको गीत रिलिज गरिएको हो । लोकलयमा आधारित यो गीतलाई दर्शक श्रोताले मन पराउने निर्देशक ओली बताउँछन् ।

श्रीकृष्णबम मल्ल र मीना निरौलाको स्वर रहेको गीतमा संगीत श्रीकृष्णबम मल्लकै छ । शब्द कृष्ण केसी तथा नृत्य निर्देशन विक्रम स्वाँरको हुन् ।

गीतलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन् भने छायाँकन विदुर पाण्डे रहेका छन् ।

रिलिजको डेट कुरेर बसेको ‘पण्डित बाजेको लौरी’को कथा, पटकथा र सम्वाद महेश दवाडीको हो । फिल्ममा थम्नकुमार भण्डारी र किशोर खड्काको लगानी छ ।

फिल्ममा भोलाराज सापकोटा, प्रवीन खतिवडा, विजय बराल, प्रमोद अग्रहरि, मरिस्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र वीक, विशाल पहारी, कुलदीप अधिकारीको मुख्य भूमिका छ ।


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...