Friday 16th October 2026

“पण्डित बाजेको लाैरी” को चोली तुना बोलको गीतको भिडियो रिलिज


तितोपाटी –  दीपक ओलीद्वारा निर्देशित फिल्म ‘पण्डित बाजेको लौरी’को पहिलो गीत रिलिज गरिएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘चोली तुना…’ बोलको गीत रिलिज गरिएको हो । लोकलयमा आधारित यो गीतलाई दर्शक श्रोताले मन पराउने निर्देशक ओली बताउँछन् ।

श्रीकृष्णबम मल्ल र मीना निरौलाको स्वर रहेको गीतमा संगीत श्रीकृष्णबम मल्लकै छ । शब्द कृष्ण केसी तथा नृत्य निर्देशन विक्रम स्वाँरको हुन् ।

गीतलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन् भने छायाँकन विदुर पाण्डे रहेका छन् ।

रिलिजको डेट कुरेर बसेको ‘पण्डित बाजेको लौरी’को कथा, पटकथा र सम्वाद महेश दवाडीको हो । फिल्ममा थम्नकुमार भण्डारी र किशोर खड्काको लगानी छ ।

फिल्ममा भोलाराज सापकोटा, प्रवीन खतिवडा, विजय बराल, प्रमोद अग्रहरि, मरिस्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र वीक, विशाल पहारी, कुलदीप अधिकारीको मुख्य भूमिका छ ।


सम्बन्धित शीर्षकहरु

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

पाकिस्तानको पेशावरमा बिहीबार एक विद्यालयको छाना खस्दा ३२ बालबालिका र एक शिक्षिकासहित ३३ जनाको मृत्यु भएको छ। करिब ५० बालबालिका…

प्रतिकृयाहरू
...