Sunday 27th September 2026

पर्यटनमा सरकारको नारा ‘पहिला देश अनि विदेश’


तितोपाटी– सरकारले पर्यटन प्रवद्र्धनका लागि ५ अर्ब २० करोड रुपैयाँ छुट्याएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७५र०७६ का लागि पर्यटन प्रवद्र्धनका लागि ५ अर्ब २० करोड रुपैयाँ छुट्याएको हो ।

आन्तरिक पर्यटनलाई प्राथमिकता दिँदै सरकारले ‘पहिला देश अनि विदेश’ नारा तय गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । भारत र चिनीयाँ पर्यटक आकर्षित गर्न विशेष कार्यक्रम सञ्चालन गरिने र गुणस्तरीय पर्यटक भित्राउन सरकारले कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

भिजिट नेपाल २०२० घोषणा गर्दै सन् २०२० मा २० लाख पर्यटक भित्राउने योजना अघि सार्दै सरकारले यसका लागि पूर्वाधार निर्माणमा सरकारले सहुलियत दिने भएको छ । पर्यटन प्रवद्र्धनका लागि होटल ब्यबसायमा सरकारले अनुदान दिने घोषणा गरेको हो । पर्यटनका लागि नयाँ गन्तब्य पहिचान गर्ने पनि सरकारले बजेटमा उल्लेख गरेको छ । पर्यटकको तथ्यांकक सेटलाइटबाट संकलन गरिने योजना पनि सरकारले अगाडि सारेको छ ।-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

दक्षिण अफ्रिकाका दुई स्थानमा भएका छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।…

अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघ (यूएन) महासभामा विश्वका करिब १३० देशका नेता सहभागी भएका छन्। महासभामा युक्रेन युद्ध, गाजा युद्धविराम,…

थाइल्याण्डको राजधानी बैंककमा लगातारको भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित भएको छ। बाढीका कारण करिब ४,९०० जनालाई सुरक्षित आश्रयस्थलमा सारिएको…

प्रतिकृयाहरू
...