तितोपाटी-'रक्तदान जीवन दान' भन्ने नारा सहित तमू समाज, कुवेत द्धारा सातौ बृहत रक्तदान कार्यक्रम आगामी अप्रिल २८ तारिख २०२३ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ । कुवेतको सेन्ट्रल ब्लड बैंकको बिशेष सहयोगमा उक्त कार्यक्रम हुन लागेको हो। निश्चित समय अवधि पछि मनिसको शरिरमा रहेको रक्त कोषहरु आफै…
तितोपाटी-चितवन सेवा समाज कुवेतले आफ्नो छैठौं वार्षिकोत्सव एवं तेस्रो अधिबेशन गर्ने भएको छ । सामाजिक गतिविधिमा सक्रिय रहेको चितवन सेवा समाजले आउदो मार्च १७ तारिख शुक्रबार छैठौं वार्षिकोत्सव एबम तेस्रो अधिबेशन गर्ने निर्णय गरेको जीवन कुमार बि.क.ले तितोपाटीलाई जानकारी दिएका छन। कुवेतमा कार्यरत चितवन जिल्लाबासीलाई समेटेर २०१६ मा नबिन लोप्चनको…
कुवेत - गोर्खा स्पोर्टिङ क्लवको आयोजनामा सम्पन्न भएको 'अल मुजैनी कप' Al Muzaini Cup अन्तर नेपाली खुला भलिबल प्रतियोगिताको उपाधि मगर संघ कुवेत शाखाले जितेको छ भने कल्याणकारी नेपाली युवा समाज कुवेतको टिम उपविजेता बनेको छ । उक्त प्रतियोगितमा तेश्रो उपाधि नमस्ते नेपाली रेस्टुरेन्टले हात पारेको छ । कुवेतको राष्ट्रिय…
टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघेको छ । टर्कीको प्रकोप उद्धार एजेन्सीले देशमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ४४,२०० नाघेको जनाएको छ । जबकि सिरियामा यसका कारण ६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीमा भूकम्पका कारण एक लाख ६० हजारभन्दा बढी…
राष्ट्रपति पदका नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेतर्फबाट सुवासचन्द्र नेवाङले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसले पार्टीका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको हो। एमालेले चाहिँ संविधानसभाका पूर्व अध्यक्ष समेत रहेका पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पौडेलको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी,…
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सरकारबाट बाहिरिएको छ । सरकारको नेतृत्व गरेको माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाइ सहयोग गर्ने भएपछि राप्रपाका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन् । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर राप्रपाका मन्त्रीहरूले राजीनामा बुझाएका हुन् । राप्रपाका तर्फबाट सरकारमा सहभागी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका ४ जना मन्त्री बालुवाटार पुगेर…
अभिनेता पूर्णविक्रम (पल) शाह बुधबार ३३ वर्ष पुगेका छन् । जन्मदिनको अवसरमा उनलाई सामाजिक सञ्जालमा फ्यान र निकट फिल्मकर्मीले शुभकामना दिइरहेका छन् । शाहले तनहुँ जिल्ला कारागारभित्रै जन्मदिन मनाउँदैछन् । कारागार प्रशासनले आफन्त र केही साथीभाइको उपस्थितिमा केक काटेर जन्मदिन मनाउन शाहलाई अनुमति पनि दिएको छ । पलले एउटा केक…
काठमाडौं–पोखरा रुटमा अब रात्रिकालीन उडान हुने भएको छ । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन । जनवरी १ बाट सञ्चालनमा आएको यो विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, श्री, गुण लगायतका वायुसेवाले आन्तरिक उडान गर्दै आएका छन् । आन्तरिक उडान तर्फ बिहानदेखि सुरु भएपनि दिउँसो ४ बजे विमानस्थल बन्द गर्नुपर्ने…
किरात राई यायोक्खा कुवेतको तेस्रो अधिबेशन आउदो मार्च १७ तारिख शुक्रवार हुने भएको छ। प्रवासमा रहेर पनि आफ्नो “भाषा,धर्म संस्कार र सांस्कृतिकको संरक्षण, किरात राईहरुको साझा अभियान”भन्ने मुल नाराका साथ तथा सम्बर्धन गर्ने उद्देश्य लिएर २०१४ मा स्थापना भएको किरातराई जातिहरुको जातिय संस्था किरात राई यायोक्खा कुवेतले फाहाहिल स्थित कोहिनोर…
कुवेतमा २४ वर्षदेखी स्थापित कुवेतको सबैभन्दा पुरानो नेपाली संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, काठमाण्डौ-कुवेतले हरेक बर्ष सञ्चालन गर्दै आएको एम.बि बमजन मेमोरियल गोल्ड कप फुटवल टुर्नामेण्टलाई विविध प्राविधिक कारणहरुवश अनिश्चित कालसम्मको लागि स्थगित गरेको जनाएको छ। क्लवले अन्तिम समयमा गोल्ड कप स्थगित हुँदा पर्न जाने असहजता र असुविधा प्रति सम्पूर्ण…
![]()