Thursday 18th April 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एकहत्तरौँ भाग (७१)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार ”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०७९/११/१३
…………………………………
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
अनुप्रास : आफू खुसी ।
स्थायी :- आफू खुसी ।
अक्षर संख्या :- १५
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

म त क-कसको मनमा बसेको रहेछु
एकै शब्दले मालिस पो घसेको रहेछु
सावधानी रहनु भनिदिनु है सबैले
भावनाको फोस्रो जालमा फसेको रहेछु
मुठ्ठीमा बिचराको सास कसेको रहेछु ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

महिलाको अधिकार लालीपप भयो
झुक्याउने यौटा राम्रो मिनीशप भयो
नाना थरि कुरा गर्छन् नारी हक भन्दै
जस्ले सत्य लुकाउॅछ उही टप भयो
पेडाबर्फी भित्र चाहिँ आलुचप भयो ।
घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ३

उकाली बाटो हिँडेर यात्रा खास गरेर
सुटुक्क तिमी मुटुको माझ बास गरेर
जूनको दाग हटाइ सारा माया पिरती
जीवन गयो आखिरी तिम्रो आस गरेर
तिमीले भने मलाई छोड्यौ नास गरेर ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ४

तल नपुग्दै मनको आँसु दर्किए पछि
करको घर भित्रै समय घर्किए पछि
मन दोमन हुन्छ,र अनेक कुरा गुन्छ
बोलावट वेवास्तामा बाटो तर्किए पछि
तिर रुपी बोलीले मन नै चर्किए पछि ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ५

धेरै उठे नारी अधिकारका कुरा तर
विभेद हुन्छ फुटदा नारीका चुरा तर
पुरुषप्रधान समाजले नारीलाई टेर्दैन
लगाउँछन् वचन बाँणका नै छुरा तर
नारी अधिकार कहिले हुन्छ पूरा तर ।

तेजप्रसाद खनाल
लमही दाङ।

पञ्चाङ्ग ६

क ख लेख्न-पढ्न नजानेका सभ्य नेता छन्
खाने बीस हजार तलव घर भव्य छन्
विकासको मूल फुटाउछन् यस्ता नेताले
लुटेरै खान पल्केका नेताहरू नब्य छन्
नेपाली जनताहरू हर कार्यमा ठग्य छन् ।
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा

पञ्चाङ्ग ७

यो बशन्तमा फूलेका फूल कति राम्रा
पिएका चिसो पानीका मूल कति राम्रा
राम्रै त हुन्छ नि बैंसमा चाला गाला नि
प्रेमिल जोडीहरुका हुल कति राम्रा
रंगी विरंगी रंगको खुल कति राम्रा ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ८

अन्पढ हरिलठक नेता माथि चढेका छन्
सदनमा पुगेर मात्र क ख पढेका छन्
अनि खै के होला र यहाँ देशको बिकास
यी जनतालाई नेताले ठग्नु ठगेका छन्
त्यसैले दुखीका आँसु धेरै नै बगेका छन् ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग ९

लाग्न सक्छ कसैलाई आश घरको
हुन्छु कि भन्ने डरमा दास घरको
स्वतन्त्रता नाममा जोखिम छदैछ
संस्कार, संस्कृति के छ खास घरको
भाग्य बलियो नभए नास घरको ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

पञ्चाङ्ग १०

एकाइसौं सताब्दीका नारीहरू आफैमा चर्चित छन्
जहाँ सम्म लाग्छ पहिले भन्दा अहिले विकसित छन्
बा आमाले पढाएर छोरा सरह समान बनाए
पढ्न लेख्न सक्नेहरु भाग्य बनाउन सुनिश्चित छन्
जहाँ जाउँ धेरै जसो अहिले नारीहरु सस्मित छन् ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ११

महिलाले अधिकार पाएर मान भयो
अहिले समाजमा भनेजति सान भयो
महिलाले मात्रै किन घाँस दाउरा गर्छ
त्यसैले त समाजमा कन्याको दान भयो
अब नारी खराब छैनन् भन्ने भान भयो ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग १२

रङमा कुरङ घोलेर भ्रम छर्छ होली
भ्रममै परी बलेको आगोमा मर्छ होली
कथा भने सत्यतामा नै आधारित थियो
तर किन रङै दली मजाक गर्छ होली
सधैं भ्रमकै सागर पो किन तर्छ होली?

पशपती राई
-खोटाङ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं महानगरपालिकाले महिलाहरुमा हुने स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर तथा प्रजनन् अवस्थाको परीक्षण सुरु गरेको छ । पाठेघरको मुखको क्यान्सर तथा…

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेल नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने भएको छ। ओमानमा जारी प्रिमियर कपमा नेपाल…

दक्षिण पश्चिमी जापानमा बुधबार राति छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ। यद्यपि भूकम्पबाट…

प्रतिकृयाहरू
...