तीतोपाटी - कुवेत सरकारले आप्रवासी कामदारलाइ २ हप्ताको लागि कुवेत आगमनमा प्रतिवन्ध लगाएको छ । कुवेत सरकारका संचार प्रमुख एवं प्रवक्ता तारिक अल-मुजरिमले कुवेतको मन्त्रीपरिषदले गरेका निर्णयहरू सुनाउँदै कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल अपरेसन बन्द नभए पनि आप्रवासी कामदारलाइ कुवेत आगमनमा प्रतिवन्ध लगाइएको बारे एक पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।…
तीतोपाटी - विश्वव्यापी महामारी कोभिड - १९ विरूद्धको खोप कार्यक्रम चलिरहँदा पनि कुवेतमा कोभिड संक्रमितको संख्या बढे पछि कुवेत सरकारले पुनः सलुन र स्पोर्टस क्लबलाइ केहि समयको लागि बन्द गर्ने भएको छ भने सपिङ मल र रेष्टुरेन्टहरू पनि आंशिक रूपमा बन्द हुने भएका छन् । कुवेतमा कोरोना संक्रमितको दर बढ्न…
नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो । सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरिएको पत्रकार सम्मेलनमा नेतृ पम्फा भुसालले…
हरि कृष्ण न्यौपाने -क्होलासोथार ५ सिङ्दी, लम्जुङ घर भई कुवेतमा कार्यरत ३४ बर्षिय लाल बहादुर गुरुङको मृत्यु भएको छ।जण्डिस रोगले ग्रस्त लालबहादुरको उपचारकै क्रममा कुवेतको आदान अस्पतालमा ३१, जनावरी,२०२१ आइतबारको दिन मृत्यु भएको हो। नेपाली राजदुतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले भने" अल सारी नेशनल जनरल ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनिमा…
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्ष आधिकारिकताको माग दावी गर्दै निर्वाचन आयोग पुगेका छन्। अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालसहितका नेताहरु मंगलबार आयोगको कार्यालय पुगेका हुन्। यो समूहले आफूहरूलाई आधिकारिकता दिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ । अध्यक्षद्वय दाहाल र नेपालसहितका नेताहरू मंगलबार बिहान आयोग कार्यालय पुगेर…
नेकपा प्रचण्ड माधव पक्षले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । यस्तै महासचिव विष्णु पौडेललाई सो पदबाट हटाएको छ । सोमबार बसेको प्रचण्ड नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । बैठकमा नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई पार्टीको साधारण सदस्यसमेत…
नेतृ आङ सान सू की लगायत शीर्ष नेतालाई पक्राउ गर्ने बित्तिकै म्यानमार सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । सोमबार बिहानै सेनाका कमान्डर इन चिफ जनरल मिन आङ हलिङले सत्ता हातमा लिएको बताउँदै एक वर्षे संकटकालको घोषणा गरेका हुन् । उनले सेनाद्वारा सञ्चालित टेलिभिजन मार्फत यस्तो घोषणा गरेको…
तितोपाटी- कुवेतमा अबैधानिक रूपमा बसोबास गर्दै आएका आप्रवासी कामदारलाई स्वदेश फर्किन वा बैधानिक बनेर बस्न दिएको एकमहिनाको समय सिमा जनवरी ३१ तारिखमा सकिने भएपनी पुन मार्च २ तारीख सम्मको लागि समय थप गरिएको छ। कुवेतका आन्तरिक मन्त्री शेख थमेर अल-अली अल सबाले नयाँ निर्णयमा अवैधानिक बनी कानून उल्लंघन गर्नेहरूलाई वैधानिक…
निर्वाचन आयोगले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताबारे कुनै निर्णय नभएको जनाएको छ। शुक्रबार केपी शर्मा ओली समूहका नेताहरूसँग छलफल गरेपछि आयोगले अहिलेसम्म कुनै पक्षले आधिकारिकता दाबी गर्दै निवेदन नदिएको बताएको हो। आयुक्त ईश्वरी पौडेलेले दुबै पक्षले राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफू आधिकारिक भएको दाबी नगरेको बताए। ‘उहाँहरू दुबै पक्षले आफूले निर्णय…
हरी कृष्ण न्यौपाने- कुवेत-इराकको बोर्डर अब्दलिबाट दुई किलोमिटर टाढा मरुभूमिको बिचमा एक नेपालीको कंकाल क्षत-बिक्षत अवस्थामा फेला परेको छ।यसरी मरुभूमिको बिचमा मृत्यु भई कंकाल मात्र भेटिएको नेपालीको पहिचान भने हुन नसकेको बताइएको छ। कुवेतबाट प्रकाशित अरब टाइम्समा २७ जनावरी,२०२१ का दिन प्रकाशित समाचारमा भनिएको छ"निकै निर्ममतापूर्वक हत्या गरिए जस्तो देखिएको…
![]()