Wednesday 24th April 2024
विज्ञान र प्रविधि
Image

तितोपाटी - आजभोलीका स्मार्टफोनको ब्याट्री निकालेर परिवर्तन गर्न मिल्दैन । लगभग सबै स्मार्टफोनका ब्याट्रीहरू सिल गरिएका हुन्छन् र प्रयोगकर्ताले सजिलै सँगै निकालेर परिवर्तन गर्न नमिल्ने हुन्छ । यस्ता सिल गरिएका ब्याट्रीहरू परिवर्तन गर्दा महंगो हुन्छ । त्यसैले नै स्मार्टफोनको प्रयोग आयु बढाउनका लागि प्रयोगकर्ता सतर्क हुनुपर्छ । ब्याट्रीको प्रयोगले उक्त ब्याट्री…

Image

तितोपाटी - मार्क जुकरवर्गलाई फेसबुकको स्थापना गर्न सघाएका क्रिस ह्युग्सले सो कम्पनीलाई तोड्नुपर्ने आह्वान गरेका छन् । बिहिबार ‘न्यु योर्क टाइम्स’ मा एक लामो लेख लेख्दै ह्युगले जुकरवर्गसँग हाल ‘निजी वा सरकारी निकायमा काम गर्ने कुनै पनि व्यक्तिभन्दा बढी प्रभाव भएको’ बताएका छन् । जुकरवर्गको ‘असाधरण शक्ति’ ले हानी पु¥याउन सक्ने भन्दै उनले…

Image

तितोपाटी- प्लास्टिकका भाँडा हरेकको भान्सामा प्रयोग हुन्छ । हेर्दा चिटिक्क देखिने, काँस, स्टिलजस्ता धातुभन्दा सस्तो तथा सहज उपलब्ध पनि हुने हुनाले हरेक नेपालीको भान्सामा यसले स्थान पाइरहेको छ । तर जति जति यसले स्थान लिँदै गएको छ, मानव स्वास्थ्यका दृष्टिकोणले यो उत्तिकै खतरनाक पनि बन्दै गएको छ । प्लास्टिकको झोला,…

Image

तितोपाटी- चक्रवात ‘फानी’का कारण नेपालको मौसम परिवर्तन भइ मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षा हुने देखिएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म देखिएको छैन । यद्यपि यसको प्रभावबाट नेपालको पूर्वी र मध्यक्षेत्रमा आज र भोलि हावाहुरीसहित हल्कादेखि भारी वर्षा हुने महाशाखाका मौसमविद् विभूति पोखरेलले…

Image

तितोपाटी- अब कार्डविना नै एटीएमबाट पैसा निकाल्न मिल्ने भएको छ । हाम्रो टेक्नोलोजी प्रालिले कार्ड रहित एटीएम भुक्तानी सेवा प्रयोगमा ल्याउने भएको छ । टेक्नोलोजीले अहिले त्यसको सफल परीक्षण गरिरहेको पनि जनाएको छ । सिभिल बैङ्कसँगको सहकार्यमा कार्डविना नै पैसा निकाल्न पाइने व्यवस्थाको औपचारिक उद्घाटन यही वैशाखभित्र गर्ने हाम्रो टेक्नोलोजीका…

Image

तितोपाटी - नेपालको पहिलो नेपाली स्याट- १ नामक भू-उपग्रह(स्याटेलाइट) अन्तरिक्षमा प्रक्षेपण गरिएको छ। अमेरिकी समय अनुसार अपरान्ह ४ बजेर ४६ मिनेट जाँदा भर्जिनियास्थित नासा हेडक्वाटरबाट नेपालको पहिलो स्याटेलाइट प्रक्षेपण गरिएको नासाद्वारा तयार पारिएको लाइभ भिडियोमा उल्लेख छ। उक्त स्याटलाइट जापानको क्यूसु विश्वविद्यालयको क्यूटेकमा अध्ययनरत नेपाली वैज्ञानिकद्धय आभाष मास्के र हरिराम श्रेष्ठले…

Image

तितोपाटी - शुक्र ग्रह, हाम्रो सौर्यमण्डलमा सूर्यसँगको दूरीको आधारमा दोस्रो ग्रह । यो ग्रहको धेरै विशेषताहरु छन् । यसको सबैभन्दा प्रमुख विषेशता भनेको त यो ग्रह उल्टो घुम्ने गर्छ । शुक्र ग्रहलाई अंग्रेजीमा भेनस (Venus) भनिन्छ । यसको यो नामाकरण रोमनहरुले गरेका हुन् । पश्चिमबाट घाम उदाउने ग्रह हामीकहाँ कुनै उदेकलाग्दो…

Image

तितोपाटी-नेपाललले आफ्नो पहिलो भू उपग्रह पर्सि बिहीबार ‘लन्च’ गर्ने भएको छ । जापानमा निर्मित सो भूउपग्रह अमेरिकाको भर्जिनिया राज्यस्थित नासाको ‘मिड–एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’ बाट ‘नेपाली स्याट–१’ को प्रक्षेपण गरिन लागिएको हो । नेपाली समय अनुसार बिहीबार बिहान २ बजेर ३१ मिनेट जाँदा यसको प्रक्षेपण गरिने नाष्टका प्रविधि प्रमुख रविन्द्र…

Image

तितोपाटी- चर्चित सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा आइतबार दिउँसो पनुः समस्या देखा पर्यो । विश्वभरका प्रयोगकर्ताले ३ वटै सामाजिक सञ्जालमा समस्या व्यहोरेका छन्। फेसबुकमा गत महिना पनि यस्तै समस्या देखा परेको थियो । फेसबुक मातहतको इन्स्टाग्राम र ह्वाट्स एपमा आइतबार साँझदेखि विश्वभर ‘डाउन’ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।…

Image

तितोपाटी-ब्ल्याक होल सम्बन्धमा अनुसन्धानमा लागेका खगोलविद बैज्ञानिकहरूले वर्षाैंको प्रयत्न पश्चात ब्ल्याक होलको तस्विर लिन सफल भएका छन । उनीहरूले उक्त तस्विर हिँजो सार्वजनिक गरेका छन् । यस क्षणलाई उनीहरूले हर्षोल्लासपूर्वक मनाएका छन्। खगोलविद्हरूले बुधबार ८ ठाउँमा पत्रकार सम्मेलन गर्दै ब्ल्याक होलको पहिलो वास्तविक तस्बिर संसारभर सार्वजनिक गरे। के हो त ब्ल्याकहोल…