अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुने भएको छ ।संस्थाले तेस्रो क्षेत्रीय सम्मेलनबारे विज्ञप्ति निकालेर जानकारी दिएको हो । संस्थाका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नविन पोखरेलले निकालेको विज्ञप्तिअनुसार सम्मेलन अप्रिल २७ र २८ तारिख हुनेछ । तेस्रो क्षेत्रीय सम्मेलन युरोपको माल्टामा गर्ने समाजको दोस्रो बैठकले निर्णय गरेको हो…
खोटाङका क्यान्सर पीडित सुखमान राईको उपचारार्थ रू २ लाख २२ हजार ९ सय ३९ रूपैयाँ सहयोग गरिएको छ । सो रकम मध्यपूर्व र मलेशिया लगायतका देशमा रहेका श्रमिकहरूले संकलन गरि सयहोग गरेको कुरा कुवेत स्थित केदार आले मगरले बताएका हुन् । उक्त रकम सहयोग गर्न क्यान्सर पीडित सुखमान राई बचाउ…
तीतोपाटी- कुवेत गृहमन्त्रालयले रेसिडेन्सी उल्लङ्घन गर्नेको हैसियत नियमित गर्ने निर्णय गरेको सन्दर्भमा आइतबारदेखि सुरु गरिएको उक्त आममाफी आगामी असार १७ गतेसम्म जारी रहने गृहमन्त्रालयले घोषणा गरेको हो। यो संगै आममाफीको पहिलो दिनमा ६ सय ५२ रेसिडेन्सी उल्लङ्घनकारीले आफ्नो हैसियत परिमार्जन गर्न रेसिडेन्सी मामिला विभागमा आइतबार निवेदन दिएको स्रोतले जनाएको छ।…
मुजैनीको "१० हजार डलरको मेगा पुरस्कार"को भाग्यशाली विजेता सुश्री कुमारी गजुलामण्ड्यम बनेकी छन् । # Muzaini मुजैनी एक्सचेन्ज कम्पनी, कुवेतको अग्रणी विनिमय सेवा प्रदायकले आफ्नो ग्राहकलाइ $10,000 अमेरिकन डलर मेगा पुरष्कार भाग्यशाली विजेता बनाउदै गर्वका साथ आफ्नो प्रमोसन र जीत अभियानको समापन गरेको छ । सुश्री कुमारी गजुलामण्ड्यम उक्त मेगा…
रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमु समाज कुवेतले चलाऊँदै आएको रक्तदान अभियान आठौ कार्यक्रम स्वरुप आगामी ०३ मे २०२४ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ । जिबन यापनको दौडानमा हुनसक्ने सम्भावित दुर्घटना, अप्रेशन या जुनसुकै कारणले पनि शरीरमा रगतको कमी भई जिबन मृत्युको दोसाँधमा अल्झिरहेका…
कुवेत सरकारले यहि १७ मार्चदेखि १७ जुनसम्म आममाफी दिने घोषणा गरेको छ । कुवेतको आन्तरिक मन्त्रालयले बिहीबार भिसा उल्लङ्घन गर्नेहरूलाई माफी दिने घोषणा गरेको हो । कुवेतबाट प्रकाशित हुने अनलाइन पत्रिका अरब टाइम्समा यो खबर प्रकाशित भएको छ । अरब टाइम्समा प्रकाशित समाचार अनुसार कुवेतका उपप्रधान, रक्षा एवं आन्तरिक मामिलाका…
रमादानको पहिलो दिन दुर्घटनामा परेर दुई नेपाली सहित ५ जनाको मृत्यु भएको छ । अरब टाईम्सका अनुसार उनीहरुलाई माहवुल्ला क्षेत्रमा एक कुवेतीको कारले ठक्कर दिएको थियो । माहबुल्ला अगाडिको कोस्टल रोडमा कुवेती नागरिकले चलाएको कारले २ नेपाली र एक अपरिचित पुरुष गरी तीनजनालाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।…
कुवेत, एक कुवेती राजनीतिज्ञले कुवेतमा देखिएका धेरै कमीकमजोरीका लागि प्रवासीहरूलाई दोष लगाउने बयानबाजीमा बृद्धि भएको जनाएका छन । यस्तो दावीहरू सरकारी कुव्यवस्थापनलाई ढाक्न प्रयोग गरिएको उनको आरोप छ । कुवेत डेमोक्रेटिक फोरमका सहायक महासचिव मेशारी अल(इब्राहिमले अल(राई टिभीमा एउटा टक शोमा भने, उनीहरूलाई समाजको समस्याको रूपमा फ्रेम गर्नु मेरो विचारमा…
झापाली समाज कुवेतको पाचौँ महाअधिवेशन सम्पन्न भएको छ । कुवेतको कवड स्थित रमणीय स्थलमा भव्यरूपमा ८ मार्च शुक्रबारका दिन सम्पन्न पाचौँ महाअधिवेशनले २०२४–२०२६ कार्यकालको लागि राजु धिमालको नेतृत्वमा २१ सदस्सीय नयाँ कार्य समिति समेत सर्वसम्मत रूपमा चयान गरेको छ । समाजका निवर्तमान अध्यक्ष गोविन्द प्रसाद तिम्सीनाको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका…
कुवेतको मंगाफमा हातेमालो नेपाली रेष्टुरेण्टको शुभारम्भ भएको छ । हातेमालो नेपाली रेष्टुरेण्ट कल्याणकारी नेपाली युवा समाज कुवेतका अध्यक्ष सुवास श्रेष्ठले संचालनमा ल्याएका हुन् । उक्त रेष्टुरेण्टको गत मंगलबार ५ मार्च २०२४ का दिन एनअारएनए कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल तथा कुवेतमा कृयाशिल संघ संस्थाका…