Sunday 16th August 2026

कुवेतमा पनि ३० औं विश्व आदिवासी दिवस मनाईयो (फोटो फिचर)


“विश्वभरका आदिवासी जनजातीहरु एक हौ” भन्ने मुल नाराका साथ ३० औ विश्व आदीवासी जनजाती दिवस कुवेतमा पनि भब्य रूपमा मनाईएकोछ। नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखाको बिशेष आव्ह्वान तथा कुवेतमा कृयाशिल सम्पूर्ण जनजाती संस्थाको संयुक्त आयोजनामा ३० औं विश्व आदिवासी दिवस (30th International Day of the World’s Indigenous People ) भब्यरुपमा मनाईएको हो ।

कुबेतमा ९ अगस्ट शुक्रबारका दिन विविध जातीय पहिचान झल्किने गीत,नृत्य, झाँकी र अन्य मनोरन्जात्मक साँस्कृतिक प्रस्तुतिहरुको साथमा कुवेतको खैतान स्थित राजधानी होटलको सभाहलमा कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालको प्रमुख आथित्यता तथा शाखाका अध्यक्ष अमृत तमाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने रोशन राई र कल्पना मगरले संयुक्त रुपमा संचालन गरेको कार्यक्रममा उपस्थित सबैको मन्तव्यबाट राजु गुरुङले स्वागत गरेका थिए।

३० औं विश्व आदिवासी दिवसको कार्यक्रमको प्रमुख अतिथि राजदूत घनश्याम लम्सालले शुभकामना दिदै रोजगारीको सिलसिलामा प्रवासमा छरिएर रहेपनि आफनो कला रितिरिवाज, संस्कृति परम्परा जोगाउन लागि परेकोमा धेरै धेरै धन्यवाद दिदै ३० औं विश्व आदिवासी दिवसको शुभकामना दिनु भएको थियो। यसैगरी विशेष अतिथि,कुवेतमा क्रियाशिल नेपाली संघसंस्थाका प्रतिनिधि आठै वटा जातिय संस्थाका अध्यक्षहरुले ३० औं विश्व आदिवासी दिवसको शुभकामना मन्तव्य दिएका थिए।

तस्बिरः शुरेश गुरूङ


सम्बन्धित शीर्षकहरु

इन्डोनेसियाको पूर्वी नुसा तेन्गारा प्रान्तस्थित फ्लोरेस टापुमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि मर्नेको संख्या ५१ पुगेको छ भने हजारौं विस्थापित…

शनिबार इजरायलले दक्षिण लेबनानमा हिज्बुल्लाहका लक्ष्यहरूलाई निशाना बनाउँदै हवाई आक्रमण गरेको जनाएको छ। लेबनानी राष्ट्रिय समाचार एजेन्सीका अनुसार ती आक्रमणमा…

अमेरिकाले नेपालको केही पुरातात्त्विक तथा सांस्कृतिक (एथ्नोलोजिकल) सामग्रीको आयातमा प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकाय…

प्रतिकृयाहरू
...