तीतोपाटी - विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानले दुई जना पत्रकारलाई निर्घात कुटपिट गरेको छ । एटिलाट्रोज अखबारका दुई पत्रकारलाई तालिबानले निर्घात रूपमा कुटपिट गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । कुटपिटका कारण शरीरमा नीलडाम रहेका उनीहरुको तस्बिर पनि सार्वजनिक भएका छन् । अखबारका रिपोर्टर ताकी दरयाबी र फोटोपत्रकार…
अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार अध्यादेशबाट आएको बजेटलाई परिमार्जन गर्दै संसदमा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोरोना महामारीबाट आयआर्जन गुमाएका अति विपन्न परिवारलाई असोज महिनाभित्रै १० हजार रुपैयाँका दरले राहत बाँड्ने घोषणा गरेको गरेको छ । कोरोना प्रभावितको जिवनरक्षा र कोरोनाबाट थिलोथिलो भएको अर्थतन्त्रको पुनरूत्थानको लागि सरकारले अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई…
तितोपाटी- एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौं आउँदा विरोध गर्ने स्वागत नेपालसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार त्रिभुवन विमानस्थल बाहिरबाट अधिवक्ता स्वागत नेपालसहित ६ जनालाई पक्राउ गरिएको हो । उनीहरुले एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली काठमाडौं आएलगत्तै विरोध जनाएका थिए ।…
डा. अम्बरिश पोख्रेल एमसिसि (मिलेनियम च्यालेञ्ज कर्पोरेशन) अमेरिकी सरकारको पुरा स्वामित्व रहेको सन् २००४ मा गठन भएको पूर्ण सरकारी संस्थान हो । यसमा नेपालले सही गर्दा इण्डो प्यासिफिक स्ट्राटिजी (IPs) जन्मेकै थिएन । एसिया प्यासिफिक स्टाट्रेजी भन्ने मात्र थियो । इण्डो प्यासिफिक स्ट्राटिजी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएपछि मात्र जन्मेको…
तितोपाटी- अमेरिकी मिलेनियम च्यालेन्ज कोअपरेशन एमसीसीका उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन बु्रक्स सहितको टोली नेपालको चार दिने भ्रमणका लागि काठमाडौं आइपुगेको छ । नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बीच मिलेनियम च्यालेञ्ज सम्झौता कम्प्याक्टमा…
इन्डोनेसियाको राजधानी जाकार्तानजिकै रहेको एउटा कारागारमा भएको आगलागीमा परी कम्तीमा ४१ कैदीको मृत्यु भएको छ । आगलागीमा परी अन्य ८० जना घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उक्त जेलमा दुइ जना विदेशी कैदी सहित १२२ जना रहेको र रातीको समयमा सबै सुतीरहेको समयमा आगलागी भएकोले ठुलो संख्यामा हताहत…
तितोपाटी- संखुवासभामा हत्या गरिएका एकै परिवारका ६ जनाको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटनाको अनुसन्धानमा संघीय प्रहरी इकाइ कार्यालय धरानका एसपी भीम दाहाल नेतृत्वको प्रहरी टोली खटिएको छ । मंगलबार दिउँसो घटनास्थलको मुचुल्का गरी शव उठाएर पोस्टमार्टम गर्न धरान पठाइएको हो । प्रहरीले घटनाको…
तीतोपाटी - गएराति देखिको अविरल वर्षाले काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुल लगायतका क्षेत्र डुबानमा परेको छन् । ति क्षेत्रमा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । काठमाडौँबाट २३२ र ललितपुरबाट १५ मजदुरको उद्धार गरिएको महानगरीय प्रहरी …
तीतोपाटी - संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको छ । अज्ञात समूहले आइतबार राति धारिलो हतियार प्रयोग गरी स्थानीय तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । छिमेकीले सोमबार बिहान मात्र घटना भएको थाहा पाएपछि प्रहरीलाइ खबर गरेका थिए । हत्या…
ईडीभी परेका व्यक्तिले अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको फेला परेको छ । महानगरीय अपराध महाशाखाका अनुसार ईडीभीमा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरुले कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाएको पाइएको हो । अमेरिकी दूतावाससँगको समन्वयमा यसरी नक्कली कागजात बनाउने कार्यमा संलग्न…
![]()