Sunday 30th August 2026

इडीभी मार्फत अमेरिका जानेको नक्कली शैक्षिक प्रमाणपत्र


ईडीभी परेका व्यक्तिले अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको फेला परेको छ । महानगरीय अपराध महाशाखाका अनुसार ईडीभीमा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरुले कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाएको पाइएको हो ।

अमेरिकी दूतावाससँगको समन्वयमा यसरी नक्कली कागजात बनाउने कार्यमा संलग्न छ जनालाई पक्राउ गरी कारबाही थालेको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ ।

पक्राउ पर्नेमा पाल्पा घर भई काठमाडौँको कुलेश्वर बस्ने सुमितरत्न गुभाजु, मोरङ घर भई ललितपुर बस्ने अमरबहादुर कटुवाल, नवलपरासी घर भई कास्की बस्ने नरेश केसी, नवलपुर घर भई काठमाडौँ बस्ने लक्ष्मण पाठक, काभ्रेका दीप विष्ट र काठमाडौँ टेकुका सोहिली शाही रहेका छन् ।

उनीहरुलाई अमेरिकन राजदूतावास महाराजगञ्ज र काठमाडौँका विभिन्न स्थानबाट निम्न नक्कली शैक्षिक प्रमाणपत्रसमेत बरामद गरिएको छ । शैक्षिक प्रमाण–पत्र बनाउने कार्यमा संलग्न अन्य व्यक्तिको खोजतलास एवं थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ को लिखतसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको छ ।

-न्यूज २४ नेपाल


सम्बन्धित शीर्षकहरु

डिजिटल वित्तीय प्रणालीको तीव्र विकाससँगै क्रिप्टोकरेन्सी विश्वभर लोकप्रिय बन्दै गएको छ। छिटो, सीमापार र मध्यस्थ निकायविना कारोबार गर्न सकिने सुविधाका…

धमिलो दृष्टि (Blurred Vision) आँखासम्बन्धी सबैभन्दा सामान्य समस्यामध्ये एक भएको र यसलाई बेवास्ता गर्दा गम्भीर स्वास्थ्य समस्या लुकिरहेको हुन सक्ने…

इरानसँगको युद्ध छ महिनामा प्रवेश गर्दा खाडी क्षेत्रको ऊर्जा उद्योगमा गम्भीर असर परेको छ। युद्ध सुरु भएयता विश्व बजारमा ब्रेन्ट…

प्रतिकृयाहरू
...