Wednesday 29th October 2025
पत्रपत्रिका बाट
Image

तितोपाटी- सरकारले खाडी मुलुक र मलेसिया जाने कामदारको हकमा निःशुल्क भिसा र टिकटको निर्णय गरे पनि ती मुलुक जानेले लाख रूपैयाँभन्दा बढी तिरिरहेको अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आइटियुसी) ले सञ्चालन गरेको माइग्रेन्ट रिक्रुमेन्ट एडभाइजरी (एमआरए) मा सहभागी एक हजार पाँच सय ३९ श्रमिकमा गरिएको अध्ययनले यस्तो देखाएको…

Image

तितोपाटी- चालू आर्थिक वर्ष ०७८/७९ को अध्यादेश बजेटको प्रतिस्थापन विधेयक संसद्बाट समयमा पारित नभएपछि देशमा बजेटविहीनताको अवस्था आएको छ । साउन ३ गते प्रतिनिधि सभामा प्रस्तुत सो विधेयकका प्रतिस्थान विधेयक बुधबारसम्म पारित नभएपछि बजेटविहीनताको अवस्था आएको हो । विक्रम सम्बत २००८ देखि नेपालको बजेटको इतिहासमा यस्तो अवस्था पहिलो पटक आएको…

Image

सर्वोच्च अदालतले नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्ट नेकपा एकीकृत समाजवादीमा आवद्ध हुन पाउने आदेश दिएको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो।…

Image

तितोपाटी- ‘खाडी भन्नेबित्तिकै उँट चराउन जाने होला भन्ने सोचमा परिवर्तन ल्याउनुपर्छ ।’ सर्लाहीको हरिवन नगरपालिका घर भएका २९ वर्षीय प्रमोद राय क्षेत्री रोजगारीको सिलसिलामा कतार पुगेको सात वर्षभन्दा बढी भयो । काठमाडौंमा रहँदा उनी शिक्षण पेसा गर्थे । मास्टरी जागिरले उनको काठमाडौं बसाइ सुखद भएन । महँगी र पारिवारिक खर्चका कारण उनी आर्थिक भारले…

Image

तितोपाटी- कोभिड १९ विरुद्धको थप ४४ लाख डोज खोप बिहीबार नेपाल आइपुग्ने भएको छ । सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज भेरोसेल खोप आगामी बिहीबार ल्याइने स्वास्थ्य सेवा विभाग अन्तरगत आपूर्ति शाखाले जनाएको छ । खोप लिन नेपाल वायुसेवा निगमको जहाज भदौ ३० गते चीन जाने र ३१…

Image

तीतोपाटी डटकम- पाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ अमेरिकाले नेपालमा जबर्जस्ती एमसीसी थोपर्न खोजेको भन्दै नेपालको राष्ट्रिय स्वतन्त्रतामा आँच आउने सो सम्झौता कुनै हालतमा स्वीकार्न नसक्ने बताएका छन्। उनले अहिले नेपालमा एमसीसीविरुद्ध भएको आन्दोलन एउटा झिल्को मात्रै भएको पनि बताए । ‘अहिले एमसीसीविरुद्धको यो आन्दोलन झिल्को मात्रै हो, एमसीसी…

Image

तीतोपाटी डटकम- सभामुख अग्नि सापकोटाले अवरुद्ध संसद बैठक खुलाउन बोलाएको सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएको छ । संसद भवन बानेश्वरमा सोमबार झण्डै साढे २ घण्टा बसेको बैठकमा प्रमुख प्रतिपक्ष एमाले नै सहभागी नभएपछि बैठकमा कुनै सहमति नजुटेको नेताहरुले बताएका छन् । बैठकमा नेताहरुले सभामुखलाई पुन प्रतिपक्षसँग वार्ता र संवाद गरेर निकास…

Image

तीतोपाटी डटकम-गुल्मी । गुल्मीको रुपाकोट गाउँमा केही दिन अघि भएको हत्याको एक घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–७ बतासे बस्ने ४८ वर्षीय शिवबहादुर पुलामीको गत बिहीबार कुटपिटबाट हत्या भएको थियो । उनलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय हिमबहादुर पुलामी…

Image

तीतोपाटी डटकम-वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई सर्वसम्मतले चयन भएका छन् । समाजको आइतबार सम्पन्न १२ औ साधारणसभाले आगामी कार्यकालका लागि भट्टराईको अध्यक्षतामा सर्वसम्मतले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । रोजगार मिडियामा आवद्ध भट्टराई यसअघि समाजको बरिष्ठ उपाध्यक्ष थिए । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे (रेडियो…

Image

संखुवासभामा सामूहिक हत्याका आरोपितलाई प्रहरीले आज (आइतबार) सार्वजनिक गरेको छ । एकै परिवारका ६ जनाको हत्यामा संलग्न मादी नगरपालिका वडा नम्बर १ उम्लिङका लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । भदौ २१ गते सोमबार मादी–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२…