तितोपाटी- नवनियुक्त उद्योग वाणिञ्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजिनामा दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजिनामा गर्न अनुरोध गर्नुभएको थियो । प्रधानमन्त्रीको अनुरोध स्विकार गर्दै हमालले आईतबार विहान पदबाट राजिनामा गर्नुभएको हो । विभिन्न संचार माध्याममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाए पछि…
तितोपाटी- बेलायतले नेपाललाई यात्राको रातो सूचीबाट हटाएको छ । कोरोना महामारी बढ्दो क्रमसँगै बेलायतले अन्तर्राष्ट्रिय यात्राका लागि केही प्रतिबन्धसहित विभिन्न देशलाई रातो सूचिमा राख्दै आएको थियो । बेलायतका यातायात मन्त्री ग्रान्ट सापले बिहीबार ट्वीटरमार्फत यात्रा सूचीको पुनरावलोकन गर्दै नेपाललगायत ४७ वटा देशलाई रातो सूचीबाट हटाउने निर्णय गरेको सार्वजनिक गर्नु भएको…
तितोपाटी- ‘सोचेजस्तो हुन्न जीवन, खोजेजस्तो हुन्न जीवन।’ भन्ने गीतका शब्द र भाव धेरैको जिन्दगीसँग मेल खान्छन्। गायिका अरुणा लामाको स्वरमा रहेको सो गीत घर परिवार, समाज र आफ्नै देश छोडेर पैसा कमाउने र सुखी जिन्दगी विताउने लालसामा वैदेशिक रोजगारीका लागि विदेश गएर सयौं हण्डर खाएका युवाको जिन्दगी सोचेजस्तो हुने कुरै…
तितोपाटी- माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो । श्रीलङ्काविरुद्धको खेलमा नेपालका…
तीतोपाटी डटकम-पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ । लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन् ।…
तीतोपाटी डटकम-बितेको २४ घण्टामा देशभर १०३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै बितेको २४ घण्टामा थप १० जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १७४ पुगेको छ । यस्तै…
तितोपाटी- नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्बन्धी समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हस्ताक्षर गरेका छन् । वैदेशिक रोजारीमा…
तितोपाटी - नेपालीलाई अवैध बाटोबाट विभिन्न मुलुक लैजाने मानव तस्करीको रुट फेरिन थालेको छ । तस्करहरुले भारतलगायत विभिन्न मुलुकबाट अवैध रुपमा नेपालीलाई विभिन्न मुलुक पुर्याउन थालेको प्रहरी अनुसन्धानले देखाएको छ । पटक–पटकका प्रहरी अनुसन्धानले पछिल्लो समय तस्करीको रुट फेरिँदै गएको देखाएको हो । प्रहरी अध्ययनले खाडी मुलुक जान पनि भारत हुँदै…
तितोपाटी- सामाजिक कार्यमा सक्रिय संस्था गुड नेवर्स इन्टरनेशनल नेपाल र लेले सामुदायिक विकास केन्द्रको समन्वयमा श्री फुटुङ मा.बि. तारकेश्वर को ७ काठमाडौमा अवस्थित बिद्यालयलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । तारकेश्वर को ७ काठमाडौमा अध्यनरत बालाबालिकाहरुलाई पुस्तक पढ्ने बानिको बिकास गराउन बिद्यालयमा रहेको पुस्तकालयलाई विभिन्न प्रकारका १,०२१ थान पुस्तक १६…
तीतोपाटी - उत्तर कोरियाले फेरि अर्को हाइपरसोनिक आणविक क्षेप्यास्त्र परीक्षण गरेको छ। उत्तरले ह्वासङ–८ नाम गरेको नयाँ आणविक क्षेप्यास्त्र परीक्षण गरेको त्यहाँका सरकारी सञ्चार माध्यमहरुले जनाएका छन्। परीक्षण गरिएको उक्त क्षेप्यास्त्र जापानको समुद्रमा खसेको थियो। ह्वासङ्-८ नाम दिइएको नयाँ क्षेप्यास्त्र उत्तर कोरियाको पाँच वर्षे सैन्य विकास योजना अन्तर्गत तयार गरिएका…
![]()