Sunday 24th November 2024
पत्रपत्रिका बाट
Image

पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम सुरु हुने भएको छ। तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एसियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडक एसियन हाइवे मापदण्डको बन्नेछ। सडकको लागत २८ अर्ब १७ करोड रुपैयाँ काँकरभिट्टाबाट लौकहीसम्मको १ सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७…

Image

कुवेतस्थित नेपाली दूतावास आइतबारदेखि तीन दिनका लागि बन्द रहने भएको छ। २०२३ डिसेम्बर २० तारिख बुधबारबाट सबै कामहरु सुचारु हुने दूतावासले जानकारी दिदै कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको ८६ वर्षको उमेरमा निधन भएकोमा नेपाली दूतावास कुवेतले दुख व्यक्त गरेको छ। कुवेतका अमिर शेख नवाफ अल…

Image

तितोपाटी- काठमाडौँ  महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ। महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ। प्लाष्टिकमा प्याक गरिएका…

Image

तितोपाटी- बाध्यताले वैदेशिक रोजगारीमा जाने युवालाई मद्दत गर्ने नाममा खुलेका म्यानपावर कम्पनी नै सबैभन्दा बढी ठग देखिएका छन्। म्यानपावरको ठगीमा परेका युवा यतिबेला आफ्नै खर्चमा संयुक्त अरब इमिरेट्सबाट स्वदेश फर्किएका छन्। असार २७ मा लाखौं खर्चेर युएई पुगेका उनीहरू काम पाउने भनिएको कम्पनीको नाम र ठेगाना नै नपाएपछि अलपत्र परेका…

Image

तितोपाटी- नक्कली कागज बनाइ भिजिट भिसामा विदेश पठाएको आरोपमा अध्यागमन विभागका अधिकृत नरवीर खड्का पक्राउ परेका छन्। बुधबार उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले खड्कालाई पक्राउ गरेको हो। उनले विभिन्न मितिमा नक्कली कागज बनाइ नेपाली नागरिकलाई विदेश पठाएको आरोप लागेको छ।  उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार प्रहरीले…

Image

नेपालगन्ज बाँकेका एक युवा (एजेन्ट)लाई १३ लाख ५० हजार रुपैयाँ तिरी दुई महिनाअघि रुस पुगेर रुसी सेनामा भर्ती भए । एजेन्टले राम्रो कमाइ हुने प्रलोभन देखाएर त्यहाँ पुगेका उनी भर्ती हुनेबित्तिकै युक्रेनविरुद्धको लडाइँमा होमिएका छन् । यहाँको स्थिति निकै नाजुक रहेको र आफूहरू पनि युद्ध लड्न खटिन लागेको ती युवाले…

Image

तितोपाटी-दुई दिन देखि सामाजिक संजालमा भाइरल भिडियो बारेमा नेपाली दूतावास कुवेतले अझैसम्म पुष्टि नभएको जनाएको छ।  सामाजिक संजालमा लिभिङ टुगेदर बस्ने जोडी आपसी मनमुटाव पछि प्रेमीले प्रेमिकालाई पटक पटक चक्कु रेटि हत्या गरेको भन्दै क्यापसन राखि भिडियो सेयर भैईरहेकोे छ। सर्बत्र चासोको बिषय बनेको उक्त भिडियोमा देखिएको दर्दनाक घटना कुवेत…

Image

तितोपाटी - नेपाल मगर सँघ शाखा कुवेतको कार्यवाहक अध्यक्षको जिम्मेवारी जय आले मगरलाई दिईएकोछ । नेपाल मगर सँघ शाखा कुवेतको अध्यक्ष बसन्त थापा कुवेत बसाईलाई बिट मार्दै क्यानडा तर्फ लाग्ने भएपछि वरिष्ठ उपाध्यक्ष जय आले मगरले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन। कुवेतस्थित हिजुअल कबदमा १३ जनवरी २०२३ का दिन सम्पन्न…

Image

तितोपाटी - गैरअवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको नेतृत्वमा भुकम्प पीडितका लागि कुवेतमा विभिन्न संघ - सस्था, व्यवसायी र व्यक्तिबाट संकलित ११ लाख ८४हजार २ सय २० रुपैयाँ सहयोग एनआरएनए कुवेत र इराकको टोलि जाजरकोट पुगि हस्तान्तरण गरेको छ । संकलित राहत रकम भुकम्प प्रभावित जाजरकोट जिल्ला नलगाड नगरपालिकाको…

Image

तितोपाटी-कुवेतका लागि नव नियुक्त महामहिम राजदूत घनश्याम लम्साललाई नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले स्वागत गरेको छ । कुवेतका लागि नव नियुक्त राजदूत लम्साललाई नेपाली दूतावासको सभाहलमा बिहीबार स्वागत तथा कुवेतमा रहेको श्रमिक समस्या र समसामयिक विषयलाई ध्यानाकर्षण गराउदै वैदेशिक शाखाले ७ बुँदे ज्ञापनपत्र बुझाईएको हो । राजदूत लम्सालले ज्ञापनपत्र…