तितोपाटी डट कम - प्रदेश नं. ३ को सरकारले अागामी ०८५देखि काठमाडौं उपत्यका, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौतिमा पेट्रोलियम पदार्थमा आधारित सवारी साधनमा पूर्ण प्रतिबन्ध लगाउने योजना अघि सारेको छ । आर्थिक वर्ष २०७५/०७६ को आफ्नो नीति तथा कार्यक्रममार्फत ब्यापक रुपमा विद्युतीय सवारीको प्रयोगमार्फत तेलबाट चल्ने चल्ने गाडीको प्रयोगमा प्रतिवन्ध…
तितोपाटी - पाल्पाको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तानसेनको समूह रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणमा हिँडेको लु२ख ९७५ नम्बरको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु हुनुका साथै ९ घाइते भएका छन् । दुर्घटनामा मृत्युु हुनेमा सहकारीका अध्यक्ष तानसेन–४ का विष्णुमान बज्राचार्यसहित तानसेन–३ का देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान…
तितोपाटी डट कम - नेकपा नेतृत्वको सरकारमा ईश्वर पोखरेल र उपेन्द्र यादवलाई उपप्रधानमन्त्री बनाइएको छ। रक्षामन्त्रीको जिम्मेवारी सम्हालिरहेका पोखरेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको हो। राष्ट्रपति कार्यालयका अनुसार शुक्रवार नै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा नियुक्त संघीय समाजावादी फोरम नेपालका अध्यक्ष यादवलाई पनि उपप्रधानमन्त्री बनाइएको छ। प्रधानमन्त्रीपछिको दोस्रो मर्यादाक्रममा पोखरेल र त्यसपछिको तेस्रोमा यादव रहनेछन्।…
तितोपाटी - रक्षा नेपालको रोहबरमा रहेकी पूजा बोहोरा आफूलाई रक्षा नेपाल सञ्चालिका मेनुका थापाले याताना दिँदै राखेको बताएकी छिन् । २०६८ सालमा सामूहिक बलात्कार भएकी पूजा त्यस पछि रक्षा नेपालको रोहबरमा थिइन् । त्यसयताको अहिले सम्मको समय पूजाले रक्षा नेपालमानै बिताएकी थिइन् । तर, अहिले उनी त्यस संस्थाबाट पनि निकालिएकी छिन्…
तीतोपाटी डट कम- रोजगारीको लागि कुवेत आएका नवलपरासी बर्दाघाट नगरपालिका वार्ड नं ५ स्थायी निवासी हेमा मगर विगत तिन वर्षदेखि सम्पर्क बिहिन रहेकोले खोजिदिनको लागि परिवारले आग्रह गरेका छन् | मगरका ससुरा हर्कबहादुरद्वारा राष्ट्रिय जनमोर्चा जिल्ला समिति नवलपरासीलाई सम्बोधन गर्दै खोजी दिन आग्रह सहितको निवेदन पेश गरेको छ | निवेदनमा…
तितोपाटी - घुस लिएको आरोपमा जिल्ला मालपोत कार्यालय चितवनका कर्मचारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले मालपोत कार्यालयका साहायक शंकरप्रसाद धिताललाई घुससहित रंगे हात पक्राउ गरेको हो। रत्ननगर ९ घर भएका धिताललाई अख्तियारको टोलीले २५ हजार नगदसहित पक्राउ गरेको हो। थोरै क्षेत्रफल भएको जग्गालाई नक्सामा धेरै बनाइदिने भन्दै…
तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिन लामो भ्रमणका लागि असार ५ गते उत्तरी छिमेकी चीन जाने भएका छन् । असार ५ गतेदेखि १० गतेसम्म हुने भ्रमणको तालिका मिलाएर चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल बेइजिङ प्रस्थान गरिसकेका छन् । सरकारले ओलीको चीन भ्रमण कार्यक्रमलार्इ गोप्य राखेको छ । ओलीको…
तितोपाटी - गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारी विरुद्ध स्टिङ अपरेशन जरुरी रहेको बताए । नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई बिहीबार चितवनको सौराहामा सम्बोधन गर्दै उनले देशको विकास र समृद्धिमा भ्रष्टाचारी र दलालहरुले अवरोध गरिरहेको भन्दै त्यस विरुद्ध लाग्न पत्रकारलाई आग्रह गरे । ‘भ्रष्टहरु, जसले देशको अर्थतन्त्रलाई खोक्रो बनाइरहेका छन्, तिनीहरुको…
तितोपाटी - साढे ३३ केजी सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणका अभियुक्त एसएसपी श्याम खत्रीको बयान जिल्ला अदालत मोरङमा लिन सुरु गरिएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उनको बयान जारी छ । उनको बयान सकिएपछि सरकारी वकिलका तर्फबाट थुनछेकको बहस हुनेछ । त्यसपछि खत्रीका कानुन व्यवसायीले बहस गर्नेछन् ।…
तितोपाटी डट कम - आफूलाई गोली हान्न लगाउने हिन्दु धर्मका धर्मगुरु श्रीनिवासाचार्य पूर्पक्षको लागि जेल चलान भएका छन् । उनले अर्को व्यक्ति आफैमाथि गोली हान्न लगाएको आरोप छ । मोरङ जिल्ला प्रशासन कार्यालयमा भएको बयानपछि उनलाई पूर्पक्षको लागि जेल चलान गरिएको हो । मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको आदेश…