तीतोपाटी-बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा एसईई परीक्षा दिने विद्यार्थी र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरी जवान निरु श्रेष्ठ र केही विद्यार्थीहरु घाइते भएका छन् । विद्यार्थीहरुले केही सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् । विद्यार्थीहरुले प्रहरीको गाडीमा ना १ झ ७१२ आगजनी गरेका छन् । परीक्षा स्थगित…
तीतोपाटी-पर्साको कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुरमा गंगोल नदीमा एक युवकको शव फेला परेको छ । पोखरीया नगरपालिका वडा नं. १ वनकटवा घर भएका २० वर्षीय पवन पटेलको शव फेला परेको हो । गंगोल नदीमा युवकको शव र ना ३४ प ९००० नम्बरको मोटरसाइकल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए…
तीतोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनसंघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न जनसंघर्ष परिचालन समिति गठन गरेको छ । वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठित सो समितिको सल्लाहकारमा पार्टी अध्यक्ष कमल थापा तथा वरिष्ठ नेताहरु दिपक बोहोरा र बालाराम घर्तीमगर तथा सदस्य सचिवमा महामन्त्री भास्कर भद्रा छन् । समितिको सदस्यहरुमा…
तिताेपाटी – वैदेशिक रोजगारीमा गएकाहरुको गुनासो र समस्या सुन्न तथा समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आउँदो सोमबारदेखि कल सेन्टर सुरु गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डको व्यवस्थापनामा सुरु हुन लागेको कल सेन्टरमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीले वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक…
तिताेपाटी – एसईई अन्तर्गत शुक्रबार हुने समाजिक विषयको परीक्षा स्थगित भएको विरोधमा परीक्षार्थीहरुले जनकपुरमा प्रदर्शन गरेका छन् । प्रश्नपत्र परीक्षा पूर्व नै आउट भएपछि पूर्व निर्धारित शुक्रबार हुने अनिवार्य समाजिक विषयको रेगुलरतर्फको परीक्षा परीक्षा बोर्डले स्थगित गरेको छ । नियोजित रुपमा प्रश्नपत्र आउट गरेर परीक्षा स्थगित एवं रद्द गरी परीक्षार्थीलाई…
तीतोपाटी- अर्घाखाँचीको मालारानी गाउँपालिका–२ का वडाअध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) बेपत्ता भएको झण्डै १ सय दिनपछि सम्पर्कमा आएका छन् । शुक्रबार बिहान बुटबलबाट फोन गरेर आफू सकुशल रहेको जनाएको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए । पुस २ गते मालारानी– २ डाडाकटेरीस्थित घरबाट वडा कार्यालयको मोटरसाइकल सर्भिसिङ गर्न भन्दै सन्धिखर्क गएका…
तीतोपाटी- डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकताको प्रयत्न घनीभूत भएको छ । फोरम नेपालले राजपा नेपालसँग एकता गर्ने प्रकृया शुरु गरेपनि एकपटक पनि औपचारिक वार्ता भएको छैन । तर नयाँ शक्तिसँग भने औपचारिक वार्ता शुरु भइसकेको छ । एकताकै विषयमा…
तीतोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विजय गोख्लेले उहाँको सरकारी निवास बालुवाटारमा आज अपराह्न शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय व्यापारबारे विचारविमर्श भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले बताउनुभयो ।यसैबीच, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि सचिव गोख्लेले शिष्टाचार…
तीतोपाटी- सरकारले जमिन बाँझो राख्न नपाउने गरी तयार राष्ट्रिय भूमि नीति २०७५ पनि स्वीकृत गरेको छ । खेतीयोग्य जमिनलाई खेर जान नदिने उद्देश्यले राष्ट्रिय भूमि नीति ल्याइएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए । यस नीतिलाई केही दिन अघि बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको हो । ‘सरकारी वा सार्वजनिक…
तीतोपाटी-काठमाडौंमा एकै रातमा १८ टन धुलो संकलन भएको छ । काठमाडौं महानगरपालिकाका पाँच वटा ब्रुमरले बुधबार राति १३ स्थानमा धुलो सफा गरेका थिए । सुन्धारा, टुँडिखेल, रत्नपार्क, कान्तिपथ, जमल, प्रदर्शनीमार्ग, पुतलीसडक, माइतीघर, बानेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टिमोडसम्म सफा गर्दा १८ टन धुलो जम्मा भएको महानगरपालिका कार्य सञ्चालन शाखाले जनाएको छ…
![]()