तीतोपाटी- भूकम्पले भत्किएको घर फेरि उठ्दैछ । यतिका वर्ष टहरोमा बस्दा पनि उनले हिम्मत हारेनन् तर भूकम्पलगत्तै हराएकी छोरी फर्किने बाटो हेर्दा हेर्दै सुकलाल सुनारले हरेश खान थालेछन् । दिल्लीको कोठीबाट उद्दार गरिएकी छोरी आश्रयस्थलबाटै फेरि हराएको खबर सुनेपछि उनले ‘खुइय’ गर्न बाहेक कुनै जवाफ दिन सकेनन् । मेलम्ची बजारबाट…
तीतोपाटी- नेपाल प्रहरीमा पछिल्लो पटक थपिएको मानव बेचबिखन ब्यूरोले काम थालेको छ । हाल प्रहरी प्रधान कार्यालय, नक्सालबाटै ब्यूरोका अधिकारीहरुले अनुसन्धानको काम थालेका हुन् । स्रोतका अनुसार भारतको मणिपुरबाट१७९ जना नेपालिलाई उद्धार गरेर ल्याइएको घटनाको अनुसन्धानको जिम्मेवारी ब्यूरोलाई दिइएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदी पनि भन्छन्, ‘ब्यूरोले…
तीतोपाटी-जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का रमेश नेपाली ११ वर्षको उमेरदेखि नै मजदूरीका लागि भारत जाने गरेका छन्। उनी वर्षमा एक सिजन अनिवार्य भारत जान्छन्, त्यहाँ कमाएको रकमले थपथाप गरी परिवारको खर्च टर्छ। उनी अहिले १६ वर्षका भए। यस अवधिमा उनी ६ पटक मजदूरी गर्न भारत गैसकेका छन्। गरिब परिवारका रमेश भारत…
तीतोपाटी- नागरिकताबाट प्रभावित व्यक्तिहरूको सञ्जालले संविधानमा लेखिए अनुसार आमाको नाममात्रै पनि सजिलै नागरिकता लिन पाउने कानुन बनाउन माग गरेको छ। आमाको नामबाट नागरिकता बनाउन नपाएका झण्डै ३ हजार जनाको सञ्जालले विहिबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि संविधानभन्दा प्रतिगामी कानुन नबनाउन संसदलाई आग्रह गरे। विभिन्न समयमा नेता, बुद्धिजीवी र सांसदले संविधानको भावनाविपरीत…
तीतोपाटी-कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले प्रधानमन्त्रीले चाहे मन्त्रिमण्डल फेरवदल हुनसक्ने बताएका छन् । मन्त्रिमण्डल फेरबदल हुनु कुनै नौलौ कुरा होइन, राम्रो काम गर्न नसके स्वयम् आफैं पनि हट्नुपर्छ । मेरो हकमा भन्नुहुन्छ भने प्रधानमन्त्री र पार्टीले हटाउनुपर्दैन, राम्रो काम गरेको छैन भने म आफै मन्त्री पदबाट हट्छु’…
तितोपाटी - सरकारले आर्थिक अनियमितता गर्ने समाज कल्याण परिषदका पदाधिकारीलाई बर्खास्त गरेको छ । सरकारले परिषदका उपाध्यक्ष निलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना र सदस्यहरु राजेन्द्र कुमार पौडेल, डिल्ली प्रसाद भट्ट र गोकर्ण भट्टलाई बर्खास्त गरेको हो ।समाजकल्याण परिषदमा व्यापक अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि मन्त्रिपरिषद्को बैठकले गत १८ साउनमा उच्चस्तरीय छानबिन…
तितोपाटी - त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डीन बौवालाल साहलाई त्रिभुवन विश्वविद्यालयबाट निलम्बन गरिएको छ। साहलाई कार्यकारी परिषद्को बुधबार बसेको आकस्मिक बैठकले निलम्बन गरेको हो। यौन दुर्व्यवहारको आरोपमा प्रहरी नियन्त्रणमा रहेका साहले विश्वविद्यालयको मान, प्रतिष्ठा र गरिमा घटाउने निन्दनीय कार्य गरेको भन्दै परिषदको बैठकले उनलाई सहायक डीन पदबाट निलम्बन गर्ने निर्णय गरेको…
तितोपाटी - शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ। अस्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) ले अस्ट्रेलियन सरकारको अध्ययन स्वीकृति नलिई सुरु गरेको कोर्समा विद्यार्थी भर्ना लिँदा समस्या भएको हो। त्यस्तो कलेजमा जान…
तितोपाटी - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको भिडियो त सार्वजनिक भयो तर कसले खिच्यो ? खिच्नुको प्रयोजन के ? रहस्यमै रह्यो। सञ्चार माध्यममा नाम त आए तर परिर्वतित। ‘शुक्रवार’ ती व्यक्तिसम्म पुग्न सफल भयो मंगलबार। उनी थिए एकजना राष्ट्रिय खेलाडी। उत्तर आयो, ‘अहिले नबोलौँ।’…
तितोपाटी - एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षा शास्त्र संकायका सहायक डीन बबालाल साहलाई विद्यार्थीले मोसो दलेका छन्। अनेरास्ववियु र अखिल (क्रान्तिकारी) का कार्यकर्ताले बुधबार साहलाई उनकै कार्यकक्षमा मोसो दलेका हुन्। पूर्वएमाले निकट अनेराश्ववियुकी उपाध्यक्ष सुनिता बरालका अनुसार साहले दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि आक्रोशित विद्यार्थीले मोसो…