Friday 24th April 2026

हराएको सय दिनपछि सम्पर्कमा वडाध्यक्ष


तीतोपाटी- अर्घाखाँचीको मालारानी गाउँपालिका–२ का वडाअध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) बेपत्ता भएको झण्डै १ सय दिनपछि सम्पर्कमा आएका छन् । शुक्रबार बिहान बुटबलबाट फोन गरेर आफू सकुशल रहेको जनाएको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए ।

पुस २ गते मालारानी– २ डाडाकटेरीस्थित घरबाट वडा कार्यालयको मोटरसाइकल सर्भिसिङ गर्न भन्दै सन्धिखर्क गएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्कविहीन भएका थिए ।

गोरुसिंगेसम्म बस चढेर गएको तर गोरुसिंगेबाट कहाँ गए भन्ने बारेमा थाहा हुन सकेको थिएन । उनी किन र के का लागि यति धेरै दिनसम्म सम्पर्कबाहिर रहे भन्ने खुलेको छैन ।

प्रहरीले उनको खोजी कार्य जारी राखेको थियो । वडाअध्यक्षको मोबाइलको कल डिटेल निकाल्ने, सन्धिखर्कको शान्ति बगैचामा रहेको सीसी क्यामेरामा पुस २ गते कैद भएको भिडियो हेर्ने लगायतका सबै कार्य गर्दै प्रहरीले सम्भावित स्थानहरूमा खोजतलास गरेको थियो ।

उनी सम्पर्कमा आएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

वडा सचीव गंगाराम चौधरी मंसिर २९ गते फोनमा सामान्य भनाभन भएको र पौष ४ गते पुनः पालिका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृतको स्वीकृत बिनानै हुलाकमार्फत १३ गतेसम्मको बिदाको निवेदन पठाएर घरतर्फ लागेकाले सचीव चौधरीसँग प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र प्रहरी नायब उपरीक्षक नवराज मल्लले सोधपुछ गरेका थिए ।

घटनामा सचिवको कुनै संलग्नता नदेखिएको अनुसन्धानमा देखिएको थियो । उनी तत्कालिन नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा मालारानी२ बाट वडा अध्यक्षमा जितेका थिए ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...