तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले हिँजो साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा एक पत्रकार सम्मेलन गरे । प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधको कारण संघीय संसदमा संवोधन गर्न नपाए पछि सिंहदरबारमा बोलाइएको पत्रकार सम्मेलन मार्फत उनको युरोप भ्रमण, गुठी विधेयक लगायतका विषयमा बताएका हुन । प्रधानमन्त्रीले संघीय संसदमा बोल्न…
तितोपाटी - सेलिब्रिटीको बरू ५० हजार फलोअर्स नहोलान् तर एउटा ट्याक्सी ड्राइभरको ट्वीटरमा ५० हजार फलोअर्स छन् । यो सुन्दा अचम्म लाग्छ होला तर यो सत्य हो । दीपक नेपाल नाम गरेका एक जना ट्याक्सी ड्राइभरको ट्वीटरमा यति धेरै फलोअर्स हुनुको पछाडी के रहस्य छ त ? यहि समाज हो,…
तितोपाटी - चौतर्फी दबावपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् । यो विधेयक राष्ट्रियसभामा दर्ता भएको थियो तर गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी विरोध भए पछि सरकारले विधेयक फिर्ता लिने निर्णय गरेको हो । भूमि…
तितोपाटी - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको अवरोधका कारण संसदमा आफ्ना भनाई राख्न नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलनको आह्वान गरेका छन् । गुठी विधेयक, युरोप भ्रमण र समसामयिक राजनीतिबारे आफ्ना धारणा सार्वजनिक प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन ।प्रधनमन्त्री ओली अहिले साँझ ५ बजे सिंहरवारमा पत्रकार…
तितोपाटी -हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को बेडबिसौना र कैलेवालु सडकखण्डमा बोलेरो जीप दुर्घटना भइ कर्णाली नदीमा खसेको खबर तितोपाटीलाइ प्राप्त भएको छ । मंगलबार जीप कर्णाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। लु १ ज ७१६६ नम्बरको जीप दुर्घटना भइ कर्णाली नदीमा खेसपछि वेपत्ता भएको हो ।…
तितोपाटी - म्याग्दी जिल्लाको मंगला गाउँपालिका -३ बरंजामा गतिशील युवा क्लब र सरस्वती आमा समुहको सहकार्यमा खेल मैदान तथा भवन निर्माण कार्य शुरु भएको छ । अनुमानित २० लाखको लागतमा उक्त खेल मैदान निर्माण गर्न लागिएको क्लबका सचिब सुबास श्रेष्ठले तितोपाटीलाई जानकारी गराएका छन । "सचेत, संगठित सम्पूर्ण शक्तिको एकता,…
तितोपाटी - बझाङमा हिँजो सोमबार यात्रुबाहक जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । चैनपुर नजिकै डुङ्ग्रीबाट मस्टा गाउँपालिकातर्फ जाँदै गरेको स १ ज १०७२ नम्बरको बलेरो जिप बझाङ्को मस्टा गाउँपालिकास्थित डौठी भन्ने स्थानमा दुर्घटना भएको थियो। जीप सडकबाट करिब ५०० मिटर तल…
तितोपाटी - नेपाल वायुसेवा निगमका सिनियर पाइलट क्याप्टेन विजय लामा पुनः विवादमा मुछिएका छन् । लामाले स्टाटसमा सरकारको काम, कदम र व्यवहारले नेवार समुदायमात्र नभई सम्पुर्ण समुदायलाई आतंकित बनाइरहेको बताउँदै सामाजिक संजाल फेसबुकमा लेखेको स्ट्याटसको कारण उनी विवादमा मुछिएका हुन् भने फेसबुकमा सरकारविरुद्ध स्ट्याटस लेखेपछि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष…
तितोपाटी - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । बोर्डले छिटोमा असार १० गते ढिलोमा असार १४ गतेसम्म नतिजा सार्वजनिक गर्नेगरी काम गरिरहेको बताइएको छ । यस वर्ष गत चैत १० गतेबाट शुरु भएको एसइई परीक्षामा नियमिततर्फ चार…
तितोपाटी - यतिखेर रामेछाप जिल्लामा वैदेशिक रोजगारीमा जान लागेका युवा र वैदेशिक रोजगारीमा गएकाहरुका परिवारलाई सचेतना दिने उदेश्यले गीति अभियान सञ्चालन गरिएको छ। रामेछाप जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत स्थानीय तहको आर्थिक साझेदारी र चारघरे सेवा समितिको सहजीकरणमा गन्धर्व गीति कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा 'कतार गए, साउदी…