Tuesday 8th September 2026

बिश्वकर्मा हेल्पिङ ह्याण्ड अराउन्ड द वर्ल्डले गर्यो सुमित्रा बिश्वकर्माको उद्दार


तितोपाटी – कुवेतमा कृयाशिल बिश्वकर्मा हेल्पिङ ह्याण्ड अराउन्ड द वर्ल्डले विगत ५ महिनादेखि उपचारार्थ अस्पतालमा रहेकी सुमित्रा बिश्वकर्माको उद्दार उद्दार गरेको छ । पर्वत जिल्ला मोदी गाउँपालिका  घर भएकी २९ वर्षीया सुमित्राको उपचार सम्भव नभएपछि बिश्वकर्मा हेल्पिङ्ग ह्याण्ड अराउन्ड वर्ल्ड कुवेत शाखाको नेतृत्वमा हिँजो २७ जुन २०१९ दिन राती ९ः०० बजेको उडानबाट नेपाल पठाइएकी हुन् । सुमित्रालाइ नेपाल पठाउनको लागि बिश्वकर्मा हेल्पिङ ह्याण्डका अभियन्ताहरू तथा नेपाली दूतावासबाट सेराज अहमद लगायतका ब्यक्तिहरू कुवेत अन्तर्राष्ट्रय विमानस्थल पुगेका थिए ।

करिब एक वर्ष अघि मात्रै वैदेशिक रोजगारीको क्रममा घरेलु कामदारको रूपमा कुवेत आएकी सुमित्रा करिब पाँच महिना अघि देखि ढाड दुखेर हिडडुल गर्न नसक्ने भएपछि कुवेतको जाहरा अस्पतालमा   उपचाररत थिइन् ।  हिडडुल गर्न नसक्ने सुमित्राको लागि ह्वील चेयरको ब्यवस्था लुम्बिनी समाजको तर्फबाट रूपेन्द्र बिक्रम हमालले गरिदिएपछि बिश्वकर्मा हेल्पिङ ह्याण्ड अराउण्ड द वर्ल्डका सकृय सदस्य तथा बिरामीको आफ्नै बहिनी ज्वाइँ याम बहादुरको साथमा सुमित्रालाइ नेपाल पठाइएको हो । सुमित्रालाइ नेपाल पठाउनको लागि कागजी प्रकृया दूतावासले मिलाइदिएको थियो भने नेपाल पठाउन लाग्ने लगायतका सम्पुर्ण खर्च बिश्वकर्मा हेल्पिङ ह्याण्ड अराउन्ड द वर्ल्डको नेतृत्वमा संकलन गरिएको हो ।

नेपालमा रहेर उपचारको जिम्मा बिश्वकर्मा हेल्पिङ्ग ह्याण्ड अराउन्ड द वर्ल्डका संस्थापक श्री कृष्ण गहतराजको निर्णय अनुसार सस्थाकै सल्लाहकार डाक्टर शैलेन्द्र बिक पोख्रेलले धौलागिरी अञ्चल अस्पतालमा निःशुल्क उपचार गरिदिने  प्रतिबद्धता जाहेर गरेको र संस्थाको सहयोगमा नेपाल फर्कन पाएकोमा अत्यन्त खुशी हुँदै अफुलाइ स्वदेश फर्काउन प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सबै नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ सुमित्रा बिकले धन्यवाद दिएको कुरा बिश्वकर्मा हेल्पिङ ह्याण्ड अराउन्ड वर्ल्ड सस्था कुवेतका सम्योजक नवल खड्काथोकीले तितोपाटी डट कम लाइ जानकारी गराएका छन् ।

#कुवेत #उद्दार #बिश्वकर्मा_हेल्पिङ_ह्याण्ड #कुवेतबाट_उद्दार


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...