Wednesday 8th April 2026
नेपालको समाचार
Image

तितोपाटी-नेपाली कांग्रेसले पार्टीको प्रदेश ५ संसदीय दलका उपनेता वीरेन्द्र कनोडियालाई उखु किसानको भुक्तानी गर्न निर्देशन दिएको छ ।शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैकठले कनोडियालाई उखु किसानहरुको बाँकी रहेको भुक्तानी तत्काल दिन निर्देशन दिएको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कनोडिया सञ्चालक रहेको मिलले उखु किसानको भुक्तानी नदिएको समाचारका सन्दर्भमा पार्टीको ध्यानकर्षण…

Image

तितोपाटी-नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ आज देश र विदेशका नियोगहरुमा एकै पटक भएको छ भने कुवेतमा पनि नेपाली राजदूतावास कुवेत र गैरआवासीय नेपाली संघ राष्ठ्रिय समन्वय समिति कुवेतले संयुक्त रूपमा नेपाल भ्रमण वर्ष-२०२० को प्रसार प्रसारको लागि एक विशेष कार्यक्रमको आयोजना गरि शुरूवात गरेका छन्। कुवेत स्थित नेपाली राजदूतावासका…

Image

तितोपाटी- माइती नेपाल मोरङले सन् २०१९ को अवधिमा ९५ बालिका तथा महिलालाई भारतीय सीमाक्षेत्रबाट बेचबिखन हुनबाट जोगाएको छ। ‘हामो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त’ नारासहित मोरङ शाखाले ती बालबालिकालाई विराटनगरको सीमावर्ती क्षेत्र रानी तथा भारतीय बजारको रेल स्टेशन र बसपार्कबाट उद्धार गरेको मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ। अठार वर्षमुनिका २१…

Image

तितोपाटी- वैदेशिक रोजगारीका नाममा हुने ठगीलाई नियन्त्रण गर्ने भनिएपनि ठगिने क्रम रोकिएको छैन । विगत ४ वर्षयता युरोपका देश, क्यानडा, अमेरिका र अफ्रिकाका देशमा राम्रो रोजगारीमा पठाइदिने प्रलोभन देखाएर म्यानपावर कम्पनी वा एजेन्टले ठूलो रकम ठगी गरिरहेका छन् । यसरी ठगिएका कतिपय युवा विदेशमा अलपत्र परेर फर्किने गरेका छन् ।…

Image

तितोपाटी- कास्की, बर्दिया, रौतहट, दाङ र कञ्चनपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका-१४ चाउथेस्थित सडकमा ग.१ ख ९४०५ नम्बरको बस, ग.२ च २७२६ नम्बरको जिप र ग.१६ प ९५३७ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते…

Image

तितोपाटी -एक सैनिक अधिकृतले आफ्नै कार्यालयमा काम गर्ने कुचिकार महिलालाई जबर्जस्ती करणी गरेपछि जागिर गुमाउनुपरेको छ। सर्वोच्च अदालतले पदीय शक्तिका कारण यौनसम्बन्ध सहमतिमै भए पनि अपराध ठहर्ने निक्र्योलसँगै ती अधिकृतलाई जागिरबाट हटाइनुपर्ने फैसला गरेको छ। न्यायाधीशद्वय सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यसअघि समरी जनरल सैनिक अदालतले गरेको…

Image

तितोपाटी-गृह मन्त्रालयले पक्राउ गर्न निर्देशन दिएपछि महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनोडिया वाणिज्य तथा आपूर्ति मन्त्रालयको सम्पर्कमा पुगेका छन्।मंगलबार मन्त्री लेखराज भट्टलाई भेटेर कनोडियाले दस दिनभित्र किसानको बक्यौता पैसा फिर्ता गर्ने बचन दिएका छन्। उनले किसानलाई भुक्तानी दिन २१ करोड रूपैयाँ बाँकी छ। मंगलबार नै गृह मन्त्रालयले उखु किसानलाई पीडित…

Image

तीतोपाटी-कञ्चनपुरमा सौतेलो बुबाले चार वर्षीया छोरीको हत्या गरेको आरोप लागेको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ सालघारीमा केही बेर अघि ३० वर्षीया इन्द्र चुनाराले चार वर्षीया छोरी सुशिलाको हत्या गरेको आरोप लागेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले कुटपिट र बलात्कार गरी हत्या गरेको आशंकामा…

Image

डडेलधुरा जन्मथलो भइ काठमाण्डाैंमा बस्दै आएका विद्यार्थी नेता टेकराज जोशी नमूना कृषि फर्म बनाउने योजनाका साथ व्यवसायिक गाईपालनमा लागेका छन्। नेता जोशी काठमाडौँको काँडाघारीमा 'स्वस्तिक बहुउद्देश्य कृषि तथा काउ फार्म प्रा.लि.' सञ्चालनमा ल्याएर सातवटा गाई र केही संख्यामा टर्की पालन गरी कृषि क्षेत्रमा लागेको हुन्। सात वटा गाइबाट दैनिक १००…

Image

तितोपाटी-आफ्नै अनुयायीलाइ जवर्जस्ती करणी गरेको आरोप लागेका सिद्धबाबाको नामले चिनिने कृष्ण बहादुर गिरीलाइ धराैटीमा छाड्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ। कृष्णदास पनि भनिने निज सिद्धबाबालाइ अदालतले ३ लाख धराैटीमा छोड्ने आदेश दिएको हो। सुनसरी चतराका गिरीकाे मुद्दामा २ दिनसम्म चलेकाे थुनछेक बहस सकिएपछि सुनसरी जिल्ला अदालतले गिरीलाई धराैटीमा छाेड्ने आदेश…