Wednesday 21st October 2026

उखु व्यापारी कनोडिया पुगे वाणिज्य मन्त्रालय


तितोपाटी-गृह मन्त्रालयले पक्राउ गर्न निर्देशन दिएपछि महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनोडिया वाणिज्य तथा आपूर्ति मन्त्रालयको सम्पर्कमा पुगेका छन्।मंगलबार मन्त्री लेखराज भट्टलाई भेटेर कनोडियाले दस दिनभित्र किसानको बक्यौता पैसा फिर्ता गर्ने बचन दिएका छन्।

उनले किसानलाई भुक्तानी दिन २१ करोड रूपैयाँ बाँकी छ। मंगलबार नै गृह मन्त्रालयले उखु किसानलाई पीडित बनाउने व्यापारी पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो।कनोडिया मन्त्रालय आएर पैसा तिर्ने कबुल गरेको मन्त्री भट्टले बताए। ‘उहाँ आएर २५ गतेभित्रमा सबै पैसा भुक्तानी गर्ने बचन दिएर चिठी लिई फर्किनुभएको छ,’ मन्त्री भट्टले भने, ‘सो मितिमा भुक्तानी नभए कानुन बमोजिम कारबाही प्रक्रियामा जान्छौं।’कनोडिया प्रदेश ५ सभामा कांग्रेसतर्फबाट सांसद छन्। उनी दलको संसदीय दल उपनेता हुन्।
-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...