Saturday 15th August 2026

पाैरख गरे विदेश जाने पैसाले नेपालमै राम्रो ब्यवसाय चल्छ -गाइपालक, जोशी


डडेलधुरा जन्मथलो भइ काठमाण्डाैंमा बस्दै आएका विद्यार्थी नेता टेकराज जोशी नमूना कृषि फर्म बनाउने योजनाका साथ व्यवसायिक गाईपालनमा लागेका छन्। नेता जोशी काठमाडौँको काँडाघारीमा ‘स्वस्तिक बहुउद्देश्य कृषि तथा काउ फार्म प्रा.लि.’ सञ्चालनमा ल्याएर सातवटा गाई र केही संख्यामा टर्की पालन गरी कृषि क्षेत्रमा लागेको हुन्। सात वटा गाइबाट दैनिक १०० लिटर दुध उत्पादन गर्ने जोशी उत्पादित दुधको ४० प्रतिशतले खर्च धान्ने बताउँदै ६० प्रतिशत बचत गर्न सकिने बताउँछन्।

सहयोगी मनका धनी, स्पष्टवक्ता, हक्की स्वभाव अनि मिलनसार जोशीले सुरुमा ६ लाखबाट सुरु गरेको व्यवसायिक गाईपालन नौ महिनाको हाराहारीमा अहिले राम्रो आम्दानीको स्रोत बनेको छ। गाईको लागि उपलब्ध घाँस, भुषा, मकैको पिठो, गँहुको चोक्कर दिनमा ३ पटक खुवाउनुपर्छ भन्ने जोशीको परीवार नै गाइ फार्ममा क्रियाशिल रहेको छ।

कुनै व्यक्तिले नेपालमा नै ४ वटा गाई पालन गर्न सकेमा बैदेशिक रोजगारमा जानु नपर्ने र नेपालमै आत्मनिर्भर बन्न सकिने बताउँदै स्वदेशमै पौरख गरे परदेश जानु पर्दैन, तर राज्यले कृषिमा विशेष पहल लिनु जरुरी छ भन्दै दैनिक पन्ध्र सय युवाहरूलाई खाडी पठाउनको साटो उपयुक्त बाताबरण निर्माण गरि “सुखी नेपाली समृद्ध नेपाल”को नारालाइ साकार पार्न सरकार अघि सर्नु पर्यो, जोशी भन्छन् ।

राज्यले किसानमैत्री वातावरण सिर्जना गर्न नसकेको हुँदा कृषकहरुलाई केही समस्या भएको उनले बताए । हाल नेपालमा कृषि ब्यावसाय गर्नको लागि उपयुक्त वातावरण, ज्ञानशिप, अभिबृद्धि गर्नको लागि राज्य उदासिन देखिएको हुँदा समस्या परेको छ। विचौलियाहरुको कारण पनि समस्या उत्पन्न भइरहेको उनले सुनाए। राजनीतिकर्मीहरुले नै कृषि पेसालाई मर्यादित र नमूना बनाउन अग्रसर हुनुपर्छ भन्ने उद्देश्यका साथ कृषिमा अघि बढेको उनको भनाइ छ। नेपालमा दैनिक रुपमा स्थानिय उत्पादनलाई जोड दिनुपर्छ भन्ने जोशीको उदेश्य देशकै नमूना कृषि फर्म बनाउने रहेको छ।


सम्बन्धित शीर्षकहरु

इरान युद्धपछि चिनियाँ विद्युतीय गाडीको उछाल : नेपालमा ईभी बजारको भविष्य कता ? इरान युद्ध र होर्मुज जलडमरूमध्यमा आएको अवरोधपछि…

अमेरिकाले इरानसँग जारी सैन्य तनावका बीच मध्यपूर्वमा तैनाथ ‘युएसएस अब्राहम लिंकन’ को स्थानमा ‘युएसएस जर्ज वासिङ्टन’ पठाउने तयारी गरेको छ।…

अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (NOAA) का अनुसार हाल विकसित भइरहेको ‘सुपर एल निनो’ सन् १९५० यताकै सबैभन्दा शक्तिशाली…

प्रतिकृयाहरू
...