Saturday 18th May 2024

पाैरख गरे विदेश जाने पैसाले नेपालमै राम्रो ब्यवसाय चल्छ -गाइपालक, जोशी


डडेलधुरा जन्मथलो भइ काठमाण्डाैंमा बस्दै आएका विद्यार्थी नेता टेकराज जोशी नमूना कृषि फर्म बनाउने योजनाका साथ व्यवसायिक गाईपालनमा लागेका छन्। नेता जोशी काठमाडौँको काँडाघारीमा ‘स्वस्तिक बहुउद्देश्य कृषि तथा काउ फार्म प्रा.लि.’ सञ्चालनमा ल्याएर सातवटा गाई र केही संख्यामा टर्की पालन गरी कृषि क्षेत्रमा लागेको हुन्। सात वटा गाइबाट दैनिक १०० लिटर दुध उत्पादन गर्ने जोशी उत्पादित दुधको ४० प्रतिशतले खर्च धान्ने बताउँदै ६० प्रतिशत बचत गर्न सकिने बताउँछन्।

सहयोगी मनका धनी, स्पष्टवक्ता, हक्की स्वभाव अनि मिलनसार जोशीले सुरुमा ६ लाखबाट सुरु गरेको व्यवसायिक गाईपालन नौ महिनाको हाराहारीमा अहिले राम्रो आम्दानीको स्रोत बनेको छ। गाईको लागि उपलब्ध घाँस, भुषा, मकैको पिठो, गँहुको चोक्कर दिनमा ३ पटक खुवाउनुपर्छ भन्ने जोशीको परीवार नै गाइ फार्ममा क्रियाशिल रहेको छ।

कुनै व्यक्तिले नेपालमा नै ४ वटा गाई पालन गर्न सकेमा बैदेशिक रोजगारमा जानु नपर्ने र नेपालमै आत्मनिर्भर बन्न सकिने बताउँदै स्वदेशमै पौरख गरे परदेश जानु पर्दैन, तर राज्यले कृषिमा विशेष पहल लिनु जरुरी छ भन्दै दैनिक पन्ध्र सय युवाहरूलाई खाडी पठाउनको साटो उपयुक्त बाताबरण निर्माण गरि “सुखी नेपाली समृद्ध नेपाल”को नारालाइ साकार पार्न सरकार अघि सर्नु पर्यो, जोशी भन्छन् ।

राज्यले किसानमैत्री वातावरण सिर्जना गर्न नसकेको हुँदा कृषकहरुलाई केही समस्या भएको उनले बताए । हाल नेपालमा कृषि ब्यावसाय गर्नको लागि उपयुक्त वातावरण, ज्ञानशिप, अभिबृद्धि गर्नको लागि राज्य उदासिन देखिएको हुँदा समस्या परेको छ। विचौलियाहरुको कारण पनि समस्या उत्पन्न भइरहेको उनले सुनाए। राजनीतिकर्मीहरुले नै कृषि पेसालाई मर्यादित र नमूना बनाउन अग्रसर हुनुपर्छ भन्ने उद्देश्यका साथ कृषिमा अघि बढेको उनको भनाइ छ। नेपालमा दैनिक रुपमा स्थानिय उत्पादनलाई जोड दिनुपर्छ भन्ने जोशीको उदेश्य देशकै नमूना कृषि फर्म बनाउने रहेको छ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...