Tuesday 13th October 2026

बलात्कार आरोपी सिद्धबाबालाइ अदालतले धराैटीमा छोडिदियो


तितोपाटी-आफ्नै अनुयायीलाइ जवर्जस्ती करणी गरेको आरोप लागेका सिद्धबाबाको नामले चिनिने कृष्ण बहादुर गिरीलाइ धराैटीमा छाड्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ। कृष्णदास पनि भनिने निज सिद्धबाबालाइ अदालतले ३ लाख धराैटीमा छोड्ने आदेश दिएको हो। सुनसरी चतराका गिरीकाे मुद्दामा २ दिनसम्म चलेकाे थुनछेक बहस सकिएपछि सुनसरी जिल्ला अदालतले गिरीलाई धराैटीमा छाेड्ने आदेश दिएकाे हाे।
जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले उनलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। उपलब्ध प्रमाणका आधारमा प्रतिवादीले जबर्जस्ती करणी गरेको भनी पुर्पक्षका लागि उनलाई थुनामा राखी कारबाही गर्नु औचित्यपूर्ण नरहेको भन्दै अदालतले उनलाई धरौटीमा छोड्ने आदेश दिएको हो।
काठमाडौंबाट कृष्णदासको आश्रम चतराधाममा पुगेकी एक महिला अनुयायीले गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको भन्दै सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन्। त्यसपछि मुटुमा समस्या देखिएकाे भन्दै अभियाेग लागेका सिद्धबाबा विराटनगरस्थित विराट नर्सिङ हाेमकाे आइसियूमा रहेकै बेला गत मंसिर १६ मा प्रहरीले उनलाइ पक्राउ गरेकाे थियाे तर तर उनले आफूमाथि लागेको आरोप झूट भएको दाबी गर्दै आएका थिए।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...