Tuesday 28th April 2026

दूतावास र एनआरएनले संयुक्त रूपमा नेपाल भ्रमण वर्ष-२०२० को शुरूवात गरे


तितोपाटी-नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ आज देश र विदेशका नियोगहरुमा एकै पटक भएको छ भने कुवेतमा पनि नेपाली राजदूतावास कुवेत र गैरआवासीय नेपाली संघ राष्ठ्रिय समन्वय समिति कुवेतले संयुक्त रूपमा नेपाल भ्रमण वर्ष-२०२० को प्रसार प्रसारको लागि एक विशेष कार्यक्रमको आयोजना गरि शुरूवात गरेका छन्। कुवेत स्थित नेपाली राजदूतावासका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले उक्त समारोहमा रिवन काटेर भिजिट नेपाल डेस्कको उद्घाटन गरेका थिए भने नेपाल भ्रमण वर्ष-२०२० को लोगो एनआरएन कुवेतका अध्यक्ष सुजन केसिलाइ हस्तान्तरण गरेका थिए।

डेस्क स्थापना गर्नु अघि एनआरएन कुवेतसँग आजै विहान १० बजे राजदुत दुर्गा प्रसाद भण्डारीको उपस्थितीमा एक घण्टा लामो छलफल भएको थियो। नेपालको पर्यटन प्रवर्धनको लागि नेपालको बारेमा जानकारी दिइ धेरै भन्दा धेरै विदेशी नागरिकहरूलाइ स्वदेश भित्र्याउन सकियोस भन्ने हेतुले नेपाल भ्रमण वर्षको प्रचार प्रसारको लागि दूतावासमा स्थापना हुने एनआरएन डेस्कको के कस्तो भूमिका हुने, एनआरएन डेस्कले कस्ता कस्ता कार्य गर्न सक्ने, के के कार्य गर्न हुने र के के कार्य गर्न नहुने विषयमा विशेष छलफल भएको थियो। भ्रमण वर्ष २०२० को सफलताको लागि के कस्ता कार्यक्रमहरु वर्षभरी नै अगाडी बढाउने भनेर एनआरएनसँग भएको छलफल फलदायी भएको एनसीसी कुवेतले बताएको छ। मुख्य कुरा त नेपाली राजदुतावास भित्र भोलीबाट एनआरएन कुवेतको डेस्क रहने छ । पर्यटन प्रबर्दनका लागि उक्त डेक्सको स्थापना गरिएको अध्यक्ष सुजन केसी बताउनु हुन्छ।

भोली देखि विहान ९ बजे बाट अपरान्ह १ बजे सम्म एनआरएन पदाधिकारीहरुले स्वयम सेवकका रुपमा आफ्नो समय दिनेछन। स्वदेशी तथा विदेशी सेवाग्राहीहरुलाई भ्रमणवर्षको जानकारी दिनका साथै नेपाल बारे बुझ्न चाहनेहरुलाई त्यहाँ एनआरएनले काउन्सिलिङ गर्ने भएको छ भने नेपाल भ्रमण वर्ष-२०२० सँग सम्बन्धिकत बिभिन्न कार्यक्रमहरू तथा कृयकलापहरू नेपाली दूतावाससँगको सहकार्यमा सम्पन्न गरिने छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उपचारका लागि उनलाई अस्पताल पठाइएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन…

तितोपाटी- सैनिक जीवनबाट अवकाश पाएपछि धेरैजसो मानिसको जीवन शान्त, विश्राम र पारिवारिक दायरामा सीमित हुन्छ। कतिपय त सुख–सुविधा खोज्दै शहर…

तितोपाटी-नेपाली कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन्। गत फागुन २१ मा सम्पन्न निर्बाचनपछि समानुपातिक सांसद भएका आङ्देम्बेले…

प्रतिकृयाहरू
...