Sunday 22nd March 2026
नेपालको समाचार
Image

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नलिन र लिएमा कारबाही गर्ने चेतावनी दिएकी छन् । उनले राजनीतिक दलको सदस्य हुन नहुने व्यवस्था प्रचलित कानुनमा रहेको स्मरण गराउँदै कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीलाई शिक्षा क्षेत्र दलीय राजनीतिबाट मुक्त हुनुपर्ने बताएकी…

Image

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटर ४ रुपैयाँले बढाउने निर्णय गरेको हो । नेपाल आयल निगमले भारतबाट मूल्य बढेर आएपछि नेपालमा पनि पेट्रोलको मूल्य बढाइएको हो। इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्रतिलिटर पेट्रोलमा ४…

Image

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि एक घण्टामै श्रम स्वीकृति दिन थालिएको छ । श्रम स्वीकृतिमा ढिलाइ हुँदा श्रमिकहरूले खेप्नुपरिरहेको बाध्यता अन्त्य गर्दै एक घण्टामै श्रम स्वीकृति दिन थालिएको हो । अहिले श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि आवश्यक पर्ने सबै कागजात अनलाइनमा मार्फत सबमिट गरेको एक घण्टाभित्रमा नै श्रम…

Image

भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो । परातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्नेसहितको…

Image

घरेलु तथा साना उद्योगहरुलाई बचाउन सहयोग गर्ने उद्देश्यका साथ शुक्रबारदेखि भक्तपुरमा सुरु भएको दुईदिने घरेलु उत्पादन मेला २०८० आज शनिबारसम्म चल्ने भएको छ । संस्कृति संरक्षण तथा पर्यटन प्रबद्र्धनका लागि घरेलु उत्पादन मेला नाराका साथ भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीस्थित नःपुखु (पोखारी) परिसरमा मेला भएको हो । मेला हेर्नका…

Image

काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी मुग्लिन नजिकै त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ। आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा २ ज ४१९६ नम्बरको उक्त ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्यबहादुर थापाका अनुसार दुर्घटना स्थलबाट पाँच जनाको…

Image

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा यही चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने भएको छ । पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरेर यसपटकको मेलामा ३० लाख पर्यटक आउने आकलन गरेर सोहीअनुरुप व्यवस्थापन थालिएको जनाएको छ । आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख…

Image

एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘एसियाली राजमार्ग’ निर्माणको पहिलो चरणको काम सुरु भएको छ । पहिलो चरणको कार्यअन्तर्गत झापाको कमल गाउँपालिकाको सीतापुरीदेखि इटहरीको देवी खोलासम्मको पश्चिम खण्डमा रुख कटान सुरु भएको हो । त्यसमध्ये पश्चिम खण्डको सडक निर्माणको जिम्मा काठमाडौँको जैन सिआर, एफ जी टुडी कम्पनीले पाएको छ । एसियाली…

Image

अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मेल्लेख-७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा मेल्लेख-१ का ५५ वर्षीय रंग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला…

Image

आज होली पर्व । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइदैछ । होली पर्वका…