Thursday 1st October 2026

त्रिशूलीमा ट्याक्सी खस्दा बालकसहित पाँच जनाको मृत्यु


काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी मुग्लिन नजिकै त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ।

आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा २ ज ४१९६ नम्बरको उक्त ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्यबहादुर थापाका अनुसार दुर्घटना स्थलबाट पाँच जनाको शव फेला परेको छ तर, परिचय खुलेको छैन ।

‘एक बालक सहित तीन महिला र एक पुरुषको शव भेटिएको छ,ट्याक्सीमा कतिजना सवार थिए सो बारे हामी यकिन गर्दै छौं’ थापाले भने


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...