कञ्चनपुर जिल्लाको दोधारामा ६२४.० मिलि मिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार बिहान ८ः ४५ बजे गरिएको मापन अनुसार कञ्चनपुरको दोधारामा ६२४ मिलि मिटर बर्षा भएको हो । बिभागका अनुसार विस २००३ देखि यता नेपालमा भएको यो अहिलेसम्मकै सर्बाधिक बर्षा हो । विभागले जारी गरेको विज्ञप्ति:…
राष्ट्रिय स्वतन्त्र पार्टीले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट समेत पदमुक्त गर्ने निर्णय गरेको हो। ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सहप्रवक्ता मनीष झाले जानकारी दिनु भएको छ। केन्द्रीय अनुशासन…
अविरल वर्षाका कारण देशभर वर्षा र बाढीले जनजीवन प्रभावित बनाएको छ । गत दुई दिनमा मात्रै १४ जनाको मृत्यु भएको गृह मन्त्रालयले आइतवार बिहान सार्वजनिक गरेको विवरणमा जनाइएको छ । मनसुन शुरू भए यता चार सय भन्दा धेरै विपद्का घटना भएका छन् भने ६२ जनाको मृत्यु र ४ जना बेपत्ता…
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महामन्त्री डा मुकुल ढकाललाई निलम्बन गरेको छ। पार्टी उपसभापति डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा ढकाललाई महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरिएको उल्लेख गरिएको छ। रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका…
नेकपा एमाले सरकारबाट बाहिरिएको छ । एमालेबाट सरकारमा सहभागी आठ जना मन्त्रीहरुले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा दिएका छन् । चार महिनाअघि कांग्रेसलाई बिपक्षमा धकेलेर प्रमुख सत्ता साझेदारकारुपमा दाहाल नेतृत्वको सरकारमा सहभागी भएको एमाले अहिले आफ्नै नेतृत्वमा सरकार बनाउने तयारीसहित सरकारबाट बाहिरिएको छ । बुधबार अपरान्ह एमालेले सरकारलाइ दिएको समर्थन फिर्ता लिएको…
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले बुधबारसम्म राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई समय दिएको थियो। तर प्रधानमन्त्री दाहालले राजीनामा नदिने बताएपछि एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले…
रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालकसहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ । ६ यात्रु गम्भीर घाइते भएका छन् । मृतकको सनाखत भइसकेको छैन । माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना…
बाल यौन दुराचारमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएकाे छ । सर्लाही जिल्ला अदालतले फूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बमजनलाई सो सजायँ सुनाएको हो । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बमजनलाई दोषी ठहर गरेको एक सातापछि सजाय सुनाउँदै अदालतले निजले…
माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गरिने भएको छ । आइतबार शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को बैठकले उक्त निर्णय गरेको हो । यसपालीको मौका परीक्षामा एसईई परीक्षा अनुत्तीर्ण सबैले सहभागी हुन पाउने छन् । गत विहिबार सर्वजनिक…
नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ केन्द्रकाे निर्वाचन प्रकृयामा वञ्चित गरिएकोमा वैदेशिक शाखाहरुले संयुक्तरूपमा विरोध जनाएका छन् । असार १४ गते प्रकाशित अन्तिम नामावलीमा प्रवास/वैदेशिक शाखाका सदस्यहरुलाई निर्वाचन प्रकृयामा बन्चित गरिएकोमा प्रवास शाखाहरुले आपत्ति प्रकट गर्दै यस अलोकतान्त्रिक कदमको घोर बिरोध गरेका हुन् । वैदेशिक शाखाहरूले एक प्रेस विज्ञप्ति…