Tuesday 18th November 2025
नेपालको समाचार
Image

प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ। आइतबार बिहान ११ बजेपछि प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख सापकोटा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। भेटमा समसामयिक विषयमा छलफल भएके प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘अस्तिनैदेखि भेट्ने कुराकानी भएको थियो। आज भेटवार्ता भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले…

Image

तितोपाटी- नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनले संयुक्तरुपमा उमेद्वारी दर्ता गराएका छन्। संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उमेद्वारी दर्ता गराएका छन्। यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला…

Image

नारायण कोइराला - भर्खर,भर्खर बलापनबाट जवान हुँदै गर्दाको त्यो समय जीवनको,अती महत्पूर्ण हुँदो रहेछ । एकातिर पढाइको बोझ अनि अर्को तर्फ रग, रमाइलो पनि गर्न मन लाग्ने समय । सामान्य परिवार, गाउँघरको खेतीपाती सँग संघर्ष गरेको त्यो अवस्था । पढाई खेतीपाती सँग संघर्ष गर्दा गर्दै पनि कुनै पर्व आउँदा मनमा…

Image

तितोपाटी- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज (शुक्रबार) निधन भएको छ । गएको फागुन १४ गते मष्तिष्काघात भई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको शुक्रबार राति ८ः२४ बजे निधन भएको अस्पतालले जनाएको छ । मष्तिष्काघातपछि उनलाई नर्भिक अस्पतालको आईसीयूमा राखी उपचार गरिएको थियो । भेन्टिलेटरको सपोर्टमा उपचार जारी…

Image

तितोपाटी- कोरोना भाईरस (कोभिड-१९) संक्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाई गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शुक्रबार प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरूबीच भएको छलफलमा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाई गर्ने निर्णय…

Image

तितोपाटी- नेकपा एमालेका सांसद महेश बस्नेतले डिल्लीबजार कारागार पुगेर निलम्बित सांसद रेशम चौधरीलाई भेटेका छन् । टीकापुर हत्याकाण्डका मुख्य आरोपी चौधरीलाई भेट्न बस्नेत शुक्रबार बिहान कारागार पुगेका थिए ।नेकपा एमाले र जनता समाजवादी पार्टीबीच सत्ता समीकरणबारे छलफल भइरहेको समयमा बस्नेत र चौधरीबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जसपाले…

Image

तितोपाटी- नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएको छ । शुक्रबार कलंकीको मेगा पार्टी प्यालेसमा बसेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठकले प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले…

Image

तितोपाटी- चालू आर्थिक बर्षको नौ महिनाको अवधिमा करीव ९० हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको चैत ६ गतेसम्मको प्रगति विवरण अनुसार ८९ हजार ७ सय ४५ जना नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा संस्थागत अर्थात म्यानपावर कम्पनी…

Image

तितोपाटी- काठमाडौँ महानगरपालिकाले कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । कामपाको राजस्व विभागले अनुगमनका क्रममा कर छली गर्नेलाई यस किसिमको निर्देशन दिएको हो । व्यवसाय दर्ता नगर्ने, बहाल कर नतिर्ने, व्यवसायको प्रकृतिअनुसार दर्ता नगर्ने, विवरण कम देखाएर कम राजस्व तिर्न खोज्ने वा कर छलीको शङ्का…

Image

चितवनको चितवन मेडिकल कलेजमा राजधानी काठमाडौं बाहिर पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । कलेजले बिहीबार बिहान भरतपुर पत्रकार सम्मेलन गरी भरतपुर महानगरपालिका-१० निवासी ५४ वर्षकी धनकुमारी लामामा कलेजोको सफल प्रत्यारोपण गरिएको जानकारी दिएको हो ।धनकुमारीलाई ३४ वर्षीया छोरी उषा तामाङले कलेजो दिएकी हुन् । भरतपुर घर भए पनि लामाको…