Monday 30th March 2026
अन्तर्राष्ट्रिय समाचार
Image

भारतको उत्तरप्रदेशमा एक धार्मिक भेलामा भागदौड हुँदा मारिनेको सङ्ख्या १०० जना भन्दा बढी पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्। उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित हिन्दूहरूको एक सत्सङ्ग कार्यक्रममा उक्त घटना भएको थियो। मृतकमध्ये अधिकांश महिला र बालबालिका छन्। कैयौँ मानिसहरूको अस्पतालमा उपचार भइरहेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको…

Image

इजरायलले गाजाको सबैभन्दा ठूलो अस्पतालको प्रमुखसहित ५० भन्दा बढी बन्दीलाई रिहा गरेको छ। सात महिनाभन्दा लामो समयदेखि हिरासतमा रहेका अस्पतालका निर्देशक मोहम्मद अब् साल्मियासहित दर्जनौं प्यालेस्टिनी कैदीहरू सोमबार उपचारका लागि इजरायली सेनाले घेराबन्दी गरिएको गाजा क्षेत्रमा फर्केका हुन्। उनीहरूको रिहाइको पुष्टि इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गवीर र गाजाको…

Image

पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा विगत तीन दिनदेखि अत्यधिक रूपमा तापक्रम बृद्धिका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र हजारौँलाई अस्पतालमा भर्ना गरिएको उद्धार टोली र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उच्च तापक्रमका कारण धेरै बिरामीहरूमा पानीको मात्रा कम भएको र प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको चिकित्सकहरूले बताएका छन् ।यद्यपि, मुटुको…

Image

दक्षिणी रूसको दागेस्तान गणतन्त्रमा श्रृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १९ जना प्रहरी अधिकारीको मृत्यु हुनुको साथै अन्य २५ जना घाइते भएको आरआइए नोभोस्तीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जानकारी गराएको छ । दुई अर्थोडक्स चर्च, धार्मिक सभाघर र तटीय शहर डर्बेन्ट र दागेस्तानको राजधानी मखचकलाको ट्राफिक प्रहरी चौकीमा भएको सशस्त्र झडपमा मानवीय क्षति…

Image

विकिलिक्सका संस्थापक जुलियन असान्ज अन्ततः वर्षाै लामो कानुनी लडाइपछि बेलायती जेलबाट रिहा भएका छन् । अमेरिकी प्रशासनसँगको सम्झौतापछि असान्ज रिहा भएका हुन् । ५२ वर्षीय असान्जलाई राष्ट्रिय सुरक्षासम्बन्धी अति गोप्य सूचना अनधिकृत रूपमा प्राप्त गर्ने तथा त्यस्ता सूचनाहरू चुहाउने कार्य गरेको अभियोग लगाइएको थियो। अमेरिकी प्रशासनले विकिलिक्सले सार्वजनिक गरेको इराक…

Image

चन्द्रमामा पहिला अन्वेषण नगरिएको पृष्ठभागबाट माटो र पत्थरका दुर्लभ नमुनाहरू सङ्कलन गरेर चिनियाँ अन्तरिक्षयान 'चाङ्ग‍-अ सिक्स' पृथ्वीमा फर्किएको छ। 'चाङ्ग‍'अ सिक्स' अन्तरिक्षयान मङ्गलवार इनर मङ्गोलिया मरुभूमिमा अवतरण गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। चन्द्रमाबाट सङ्कलित ती नमुनाहरूले ग्रहहरूको उत्पत्तिबारे महत्त्वपूर्ण प्रश्नको उत्तर दिन सक्ने अपेक्षा वैज्ञानिकहरूको छ। 'चाङ्ग‍-अ सिक्स' चीनले…

Image

ब्रान्डेड पेय पदार्थहरू किन्न नसक्ने ग्राहकहरूलाई विक्रेताहरूले ठूलो नाफाको लागि सस्तो रक्सी बेच्छन्। भारतको दक्षिणी राज्य तमिलनाडुमा मिथानोल मिसिएको रक्सी पिएपछि कम्तीमा ५४ जनाको मृत्यु भएको छ र दर्जनौं अझै अस्पतालमा भर्ना छन्। कल्लाकुरिची जिल्लामा बुधबारदेखि झण्डै २०० जनाको उपचार भइसकेको छ भने सयभन्दा बढीको अझै विभिन्न अस्पतालमा उपचार भइरहेको…

Image

भारतको दक्षिणी राज्य तमिलनाडुमा विषादी मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको अधिकारीहरूले बताएका छन्। मदिरा सेवनका कारण बिरामी परेका दर्जनाै मानिसहरू अझै पनि अस्पतालमा उपचाररत रहेकोले ज्यान जानेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । तमिलनाडुको राजधानी चेन्नाईबाट दुई सय ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको कल्लाकुरिची सहरमा विषालु…

Image

साउदी अरेबियाको मक्कामा जुन १२ देखि जुन १९ सम्म गर्मीका कारण ५७७ हज यात्रीको मृत्यु भएको छ । गत वर्ष यो संख्या २४० थियो । जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो। द गार्डियनको रिपोर्टका अनुसार मारिनेमा ३२३ इजिप्टका र ६० जना जोर्डनका नागरिक…

Image

एस्टोनियाका साहिल चौहानले टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा चाँडो शतक बनाउने नयाँ कीर्तिमान बनाएका छन् । सोमबार साइप्रसविरुद्धको खेलमा मात्र २७ बलमा शतक हिर्काउँदै उनले नयाँ कीर्तिमान बनाएका हुन् । उनले टी-२० मै एकै खेलमा सबैभन्दा धेरै १६ छक्का हानेर नयाँ कीर्तिमान समेत बनाएका छन् । चार महिनाअघि मात्र जान निकोल…