Thursday 1st October 2026

रूसमा श्रृङ्खलाबद्ध आतंकवादी हमलामा कम्तीमा १९ जना प्रहरीको मृत्यु


दक्षिणी रूसको दागेस्तान गणतन्त्रमा श्रृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १९ जना प्रहरी अधिकारीको मृत्यु हुनुको साथै अन्य २५ जना घाइते भएको आरआइए नोभोस्तीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जानकारी गराएको छ ।

दुई अर्थोडक्स चर्च, धार्मिक सभाघर र तटीय शहर डर्बेन्ट र दागेस्तानको राजधानी मखचकलाको ट्राफिक प्रहरी चौकीमा भएको सशस्त्र झडपमा मानवीय क्षति भएको हो ।

सशस्त्र आक्रमणमा संलग्न छ जना सशस्त्र व्यक्ति मारिएको मेलिकोभले सामाजिक सञ्जालमार्फत जारी एक विज्ञप्तिमा उल्लेख छ । ‘आतङ्कवादी’ आक्रमणमा संलग्न समूहलाई पक्राउ गर्न कानून प्रवर्तन अधिकारीलाई खटाइसकिएको जनाइएको छ ।

उत्तरी ककेशियन क्षेत्रमा अवस्थित दागेस्तान देशको सबैभन्दा भाषिक र जातीय विविधता भएको क्षेत्रमध्ये एक हो।

आक्रमणपछि रूसको यहुदी समुदाय महासङ्घका अध्यक्ष अलेक्ज्यान्डर बोरोडाले दागेस्तानमा भएको आक्रमणपछि आउनसक्ने सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै कुनै पनि उक्साहटमा नलाग्न स्थानीयलाई आग्रह गरेका छन्।

स्थानीय अधिकारीका अनुसार मखचकला र डरबेन्टमा हुने सबै मनोरञ्जन कार्यक्रमहरू अर्को सूचना नहुँदासम्मका लागि रद्द गरिएको छ ।

सरकारी तथ्याङ्क अनुसार मार्च २२ मा मस्कोको क्रोकस सिटी हल कन्सर्ट स्थलमा भएको आतङ्कवादी आक्रमण र आगजनीमा कम्तिमा १४४ जनाको मृत्यु हुनुका साथै ५५१ जना घाइते भएका थिए।

https://edition.cnn.com/2024/06/24/europe/russia-dagestan-attacks-explainer-intl-hnk/index.html


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...