तितोपाटी- पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ। भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन्। उनले भारतीय नागरिककै रुपमा कलेज अध्यक्षको सपथ पनि खाएका छन्। यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपाल प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ। उत्तरप्रदेश, महाराजगञ्जको ठुठीबारीस्थित…
तितोपाटी- अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको एक सुन पशलबाट चार लाख बढिको सुन चोरी गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मुस्ताफुर पश्चिम बंगाल घर भई हाल सन्धिखर्कमा बस्ने २९ बर्षिय श्रीमन्त्र मण्डल रहेका छन् । सन्धिखर्क नगरपालिका वडा नं–१ फिल्म हललाईनमा रहेको महालक्ष्मी…
तितोपाटी-काँग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको हत्या आरोपमा पक्राउ परेका पार्टीका सांसद मोहम्मद अफताब आमलको बचाउ गरेका छन् । पुरानो मुद्दा ब्युँताएर आलमलाई पक्राउ गरिएको भन्दै उनी सरकारविरुद्ध आक्रामक बनेका हुन् । ‘१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाइन्छ ?’ काँग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा…
तितोपाटी-गैरआवासीय नेपाली संघ एनआरएनको मतदानस्थलमा फेरि तनाव भएको छ । निर्वाचन समितिले फेक मतदातालाई समेत भोट हाल्न दिएको भन्दै कूल आचार्य समूहले विरोध गरेपछि मतदानस्थलमा फेरि तनाव भएको हो । आचार्य समूहले मतदान रद्द गर्न गर्न माग गर्दै नाराबाजी गरिरहेका लोकेन्द्र भट्टले जनाएका छन् । एनआरएन चुनावी प्रक्रिया सु्रु भएसँगै…
तितोपाटी-प्राविधिक समस्या आएपछि विद्युतीय मतदान रद्द गरी गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचन अहिले केहीबेरमा परम्परागतरुपमा सुरु हुने भएको छ। बुधबार निर्धारित समय भन्दा करिब तीन घण्टा ढिलो बेलुका ८ बजे मतदान सुरु भएको केहीबेरमै कम्प्युटरमा समस्या आएको भन्दै मतदान स्थगित भएको जानकारी निर्वाचन समितिका आयुक्त शिव आचार्यले दिएका थिए।
तितोपाटी-नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी (एमओयु) लाई मूर्तरुप दिन आगामी नोभेम्बर पहिलो साता दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी) को बैठक काठमाडौँमा बस्ने भएको छ । आबुधावी डायलगको पाँचौँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुन युएई पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र…
तितोपाटी-दशैं मनाउन आफनो घर तथा आफन्तकहाँ आएकाहरु फर्किन थालेका छन् । गुल्मी जिल्लाबाट बिभिन्न स्थानका आफनो पेसा व्यवसाय एवं रोजगारि गर्नका लागि गएकाहरु दशैं मनाउन आफनो घर तथा आफन्त कहाँ आएका थिए । दशैं सकिए लगत्तै बिभिन्न स्थानका लागि फर्किनेहरुले जिल्ला सदरमुकाम तम्घासबाट सवारी साधन छुट्को स्थानहरुमा भिडभाड बढेको हो…
तितोपाटी- प्रतिनिधिसभाका सांसद प्रमोद साह पक्राउ परेका छन् । जनकपुर विमानस्थलको बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा सांसद साह पक्राउ परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । राष्ट्रिय…
तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चीन फिङका लागि तयार गरिएको सडकको निरीक्षण गरेका छन् । सी हिड्ने बाटोको अवलोकन तथा सुरक्षा व्यवस्था बारे जानकारी लिन प्रधानमन्त्री ओली स्वयं बाटोमा निरीक्षणमा निस्किएका हुन् । उनले शनिबार बिहानै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रपति सीको सवारी हुने बाटाहरु हुँदै सोल्टी होटलसम्म…
तितोपाटी- धनुषामा जेठानीले छुरा प्रहार गरी हत्या देवरानीको हत्या गरेकी छन् । धनुषाको औरही नगरपालिका १ झिटकैयाका अहमद राईनका श्रीमती २६ वर्षकी सुनौल खातुनले आफ्नै देवरानी २२ वर्षकी सहानी खातुनको छुरा प्रहार गरी हत्या गरेकी छन् । सोमबार साँझ घरायसी विवादको कारण जेठानी सुनौलले देवरानी सहानीको शरीर भरी ५ ठाउँमा…