Wednesday 17th June 2026

प्रदेश बाट दशैंमा खुसी हुदै घर गएकाहरु दुखि हुदै पुनः गन्तव्यमा फर्कदै


तितोपाटी-दशैं मनाउन आफनो घर तथा आफन्तकहाँ आएकाहरु फर्किन थालेका छन् । गुल्मी जिल्लाबाट बिभिन्न स्थानका आफनो पेसा व्यवसाय एवं रोजगारि गर्नका लागि गएकाहरु दशैं मनाउन आफनो घर तथा आफन्त कहाँ आएका थिए । दशैं सकिए लगत्तै बिभिन्न स्थानका लागि फर्किनेहरुले जिल्ला सदरमुकाम तम्घासबाट सवारी साधन छुट्को स्थानहरुमा भिडभाड बढेको हो । दशैंमा मनाउन शहरबाट धेरै जसो आफ्नो घर तथा गाउँमा जानाले सुनसान बनेको जिल्लाको सदरमुकाम तम्घास बजारमा चहल पहल शुरु भएको छ। दशैं मनाएर आफनो गनतव्य स्थल तर्फ फर्किर्ने र बिभिन्न व्यवसाय गर्नेहरु बजार क्षेत्रमा फर्किने गर्नाले चहल पहल शुरु भएको हो । गाँउबाट फर्किने मानिसहरुले गर्दा ग्रामिण क्षेत्रबाट बजार क्षेत्रमा आउने सवारीका साधनहरुमा पनि मानिसहरुमा सवारीको चाप बढेको छ ।
काम बिशेषले शहर र रोजगारिको लागि बिदेसीएकाहरु दशैंका लागि गाउँ फर्किएकाले सुनसान बनेका ग्रामीण बस्तीमाहरुमा चहलपहल थियो । लामो समयसम्म देश तथा प्रदेशमा रहेकाहरु सकेसम्म दशैं मनाउन आउने गर्नाले अरु पर्वमा भन्दा चहलपहल हुने गर्दछ। वडादशैंमा सकेसम्म परिवारका सबै सदस्यहरु एकैठाउँमा जम्मा भएर मनाउनु पर्छ भन्ने मान्यताले पनि परिवारका सबै सदस्यहरु एकै ठाउँमा जम्मा भएर मनाउने गर्दछन् ।दशैं मनाएर फर्किनेहरुले गर्दा बसपार्क तथा सवारी साधनहरुमा छुटने स्थानहरुमा भिड देख्न सकिन्छ ।

कतिपय बिद्यालयहरु तिहारपछि खुल्ने भएकाले पनि बिद्यार्थीहरु भने तत्कालै फर्किएका छैनन् । तर अन्य रोजगारि र व्यवसाय गर्नेहरुलाई दशैं सकिएपछि फर्किन हत्तार हत्तारमा छन् । दशैं मान्न आफनो घरमा जनतन आएकाहरुलाई सवारी साधनमा सिट नपाउँदा समस्या हुने गरेको कतिपयको गुनासो रहेको छ ।
जिल्लाबाट सिमित सवारी साधनहरु छुट्ने गरेकाले पनि अगिपछिको तुलनामा यात्रु बढि भएकाले फर्किनेहरुलाई समस्या पर्ने गर्दछ । जसरी हुन्छ छिटो पुग्ने बाहनामा क्षमताभन्दा वढि यात्रु राख्ने र जवरजस्ती सिट नहुदा पनि सवारी साधानमा यात्रा गर्दा चाडपर्वमा वढि दुर्घटना हुने गरेका छन् । त्यसैले यात्रा गर्दा सबैपक्ष जिम्मेवार बनेर यात्रा गर्न र दुर्घटना न्यूनिकरण गर्न तर्फ सबैको ध्यान जानुपर्ने देखिन्छ ।साभार साझा नेटवर्क


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...