तितोपाटी - सप्तरीमा प्रहरी इन्काउन्टरमा मस्ट वान्टेड अपराधीको सूचीमा रहेका एक जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुडभेडमा दीपेन्द्र चौधरी मारिएका हुन् । प्रहरीलाई देख्नेवित्तिकै दीपेन्द्रले प्रहरीलाई नै एक राउण्ड फायरिङ गरेपछि प्रहरीले पनि जवफी फायरिङ गरेको २ नम्बर प्रदेशका प्रहरी प्रमुख…
तितोपाटी - ईङगेजमेन्ट गरिसकेर असारमा विवाहको तयारीमा रहेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले हिँजो सोमबार परोपकारी संस्था आयंका फाउन्डेसन खोलेको जानकारी दिएका छन् । उनीहरूले कमाईको दश प्रतिशत रकम फाउन्डेसनका लागि खर्चिने जानकारी दिँदै कलाकारिता र समाज सेवालाई समानान्तर रूपमा लग्ने बताएका छन् । ‘समाजका लागि केही गर्ने अहिले…
तितोपाटी - भ्रष्टाचारकाे विरुद्ध तथा असल राजनीतिकाे पक्षमा डा बाबुराम भट्टराईले एकमहिने पूर्व-पश्चिम अभियानकाे थालनी गर्न लागेका छन् । डा भट्टराई नेतृत्वकाे नयाँ शक्ति पार्टीले असल राजनीतिका लागि एक महिने ‘जनसंवाद यात्रा’ अभियान सञ्चालन गर्ने भएको हाे । अभियानकाे नेतृत्वकाे गर्दै संयोजक भट्टराईले पुष्पलाल लोकमार्गको पूर्वदेखि पश्चिमसम्म जनसम्वाद यात्रा गर्नेछन् । अभियानमा…
तीतोपाटी- सञ्चारकर्मी रवि लामिछानेले निकिता पौडेलसँग ‘कोर्ट म्यारिज’ गरेपछि उनकी पूर्वपत्नी ईशा लामिछानेले बधाई दिएकी छन् । पूर्वपतिले नयाँ घर बसाउँदा आफूलाई खुशी लागेको उनले बताइन् । ‘उहाँले अर्को बिहेका लागि नै मलाई डिभोर्स दिनुभएको थियो, त्यसैले म आश्चर्यमा परेकी छैन,’ अमेरिकाबाट अनलाइनखबरसँग कुरा गर्दै ईशाले भनिन्, ‘मेरो र दुई…
तितोपाटी - चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन्। उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो। रविले 'व्यक्तिगत जीवनले नयाँ मोड लिएको' भन्दै 'एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा विवाह गरेको' उल्लेख गरे। यति चाँडो विवाह…
तितोपाटी - नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ। कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठले जानकारी दिए। “रुघा, खोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका सरुवा रोग र बूढाबूढी कैदीबन्दी भएका…
तितोपाटी - चितवनकी एक चेपाङ किशोरी दिउँसै बलात्कृत भएकी छन् । आइतबार धादिङको गोठी बजारमा किनमेल गरेर फर्किंदै गर्दा १६ वर्षीया चेपाङ किशोरी बलात्कृत भएकी हुन् । चेपाङ बालबालिकाको क्षेत्रमा क्रियाशिल मितेरी फाउन्डेसन र प्रहरीको सहयोगमा अाज बिहानपख २ बजेतिर किशोरीलाई उद्धार गरी चितवनको भरतपुर अस्पतालमा उपचारको लागि ल्याइएको छ । मितेरी…
तितोपाटी - रामेछापको मन्थली नगरपालिका १ मच्छेडाडीमा ब्रेक फेल भई बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। ओखलढुंगाको घोराखरीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको यातायातको बा४ख ४२१० नम्बरको बस आइतबार अपरान्ह्र दुर्घटनामा परेको हो। मृत्यु हुनेमा ओखलढुंगा चम्पादेवी गाउँपालिका ६ का ओम कार्की रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा अधिकांश यात्रु घाइते…
तितोपाटी - हेटौंडा–१, भैरवडाँडामा १० दिनअघि शंकास्पद रुपमा मृत्यु भएका पत्रकार मनोहर ढकालको हत्या भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले घटनाको १० दिनपछि ढकालको हत्या भएको सार्वजनिक गरेको हो । २५ पुसमा मारिएका ढकालको हत्यामा संलग्न चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घटनामा प्रत्यक्ष संलग्न हेटौंडा–११…
तितोपाटी - दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–४ मालु भन्ने स्थानको जोगीगाउँमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । शुक्रबार बिहान साढे सात बजे जन्ती बोकेको बस स्टार्ट गरे लगत्तै सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएको हो । जेथ्दे मिजारको छोराको विवाहको जन्ती बोकेको बा २ ख ३७६० नम्बरको बस दुर्घटना…