Saturday 10th October 2026

लेखापाल र ऐजेन्टको मिलेमतोमा लाखौ रकम गायब, पीडितलाई सम्झौता


रञ्जिता भट्टराई – सिरहाको लहान स्थित नेपाल लाईफ इन्स्योरेन्समा जम्मा गरेको रकम पटक पटक ऋण लिएको भन्दै सिरहाको लहान नगरपालिका १ का दिनेश साह र उनकी श्रीमती सैनुनादेवी साहको बीमित रकम कम्पनीका कर्मचारीहरुले चलाएको खुलासा भएको छ । जहाँ साह दम्पतीले आफुहरुले बीमा गरेको रकम ऋण तथा कुनै प्रयोजनमा ननिकालिएको मौखिक उजुरी ईलाका प्रहरी कार्यालय लहानमा दिएपछि यो घटना सार्वजनिक भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन सहारा र जीवन ज्योति बीमा लगायत विभिन्न पलोसीमा दस वर्षदेखि ५३ लाख रुपैयाँको बीमा साह दम्पतीले गराएका थिए । साह दम्पतीका ऐजेन्टको रुपमा नथुनी साह र लहान स्थिति कम्पनीका शाखा लेखापाल अनिल साहको मिलोमतोमा पटक पटक रकम निकालिएको सार्वजनिक भएपछि ठगी भएको भन्दै ईलाका प्रहरी कार्यालयमा साह दम्पतीले मौखिक उजुरी गरेका थिए ।

कम्पनीको नाम बद्नाम हुने भएपछि लाईफ इन्स्योरेन्सपक्ष, ऐजेन्ट नथुनी साह र लेखापाल अनिल साहलगायत कम्पनीका उच्च पदधिकारीहरुले असोजमसान्त भित्र निकालिएको रकम व्यवस्थापन गरी मलाई उपलब्ध गराउँने भएपछि सम्झौता भएको पीडित दिनेश साहले बताए । उता, लेखापाल अनिल साह नेपाल लाईफ इन्स्योरेन्स छाडेर सिटिजन लाईफ इन्स्योरेन्स लहानमा काम गर्न थालेको छ ।

पीडित साह दम्पतीले आफ्नो बीमित रकम पाउँनको लागि कम्पनीमा दूई सत्ता पहिले निवेदन दिएपनि उनीहरुको कुरा नसुनेपछि प्रहरीमा उजुरी गरेका थिए । चारैतीर न्यायको लागि ढोका ढकढकाउँन थालेपछि लाईफ इन्स्योरेन्सको ठगीवारे समाचार आएपछि पीडित साहलाई तीन दिन अगाडि मात्रै बीमित रकम फिर्ता गर्ने सम्झौता गरिएको छ ।

दिनेश साहको नाममा रु ३१ लाख ९७ हजार २९७ र सैनुनादेवी साहको नाममा रु २१ लाख ६८ हजार ८४० गरी जम्मा रु ५३ लाख ६६ हजार १३७ रुपैयाँ इन्स्योरेन्समा जम्मा गरेका थिए । तर दुबै जनाको नाममा जम्मा रहेको बीमा रकमबाट पाँच वर्षदेखि विभिन्न गते मितिमा पटक– पटक गरी २१ लाख ३० हजार ऋण निकालि सकेको छ । जसको ब्याज रु १० लाख ८१ हजार ३२५ भइसकेको छ । ऋण र ब्याज गरी उनको नाममा रु ३२ लाख ११ हजार ३ सय २५ रुपैयाँ बनेको छ ।

पीडित दिनेशले घरायसी समस्याको लागि फाइल बोकेर ऋण लिन अफिस पुगेपछि ऋण निकालेको थाहा पाएपछि उनी आश्यर्चकित भएका छन् । पाँच वर्षदेखि पटक–पटक आफ्नो नाममा ऋण निकाल्दा पनि कम्पनीले थाहा नपाउनुले ऐजेन्ट र लेखापालमाथी छानविन थालेपछि यो घटना सार्वजनिक भएको छ । पीडित साहले भने अरु बेला मोबाइलमा म्यासेज र खबर आउँथ्यो तर ऋण निकाल्दा किन एसएमएस आएन ? उनको प्रश्न छ ।

लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी प्रमुख सुशिल चौधरीसँग सम्पर्क गर्दा ‘यो केही होईन् ।’ ‘पीडितले पैसा पाउँने निश्चित छ । ’‘लेखापाल अनिल साह हाम्रो कम्पनी छाडिसकेका छन् ।’ ‘हामीसँग पीडित साहसँग सबै कुरा भइसकेको छ ।’ यत्ति भन्दै उनले फोन काटे ।


सम्बन्धित शीर्षकहरु

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

न्यायको सर्वोच्च आसनमा बस्ने व्यक्ति नै जनविश्वासको कठघरामा उभिनुपर्ने अवस्था लोकतन्त्रकै दुर्भाग्य हो। चोलेन्द्रशमशेर जबराको कार्यकाललाई सम्झिँदा उठ्ने प्रश्न यही…

फ्रान्सभर जारी विद्यार्थी आन्दोलनका बीच सरकार दबाबमा परेको छ। विद्यालयमा शिक्षक अभाव, भीडभाडयुक्त कक्षा, जीर्ण शैक्षिक पूर्वाधार तथा शिक्षा क्षेत्रमा…

प्रतिकृयाहरू
...