Monday 20th May 2024

१६ वर्षीया किशोरीलाइ विहेको प्रलोभन देखाइ पटक-पटक बलात्कार गर्ने पक्राउ


तितोपाटी – पश्चिम नवलपरासीमा एक १६ वर्षीया किशोरीलाइ पटक पटक बलात्कार गर्ने २६ वर्षीय युवकलाइ प्रहरीले पक्राउ गरेको छ । पूर्वी नवलपरासीको कावासोतीमा ती किशोरीलाइ बलात्कार गरेको आरोपमा प्रहरीले  पक्राउ गरेको हो ।

प्रहरीले कावासोती-११ लौखानी निवासी २६ वर्षीय आशाराम माझीलाई पक्राउ गरेको हो । आइतबार पक्राउ परेका आशारामले बालिकालाई नियमित बलात्कार गर्ने गरेको प्रहरी समक्ष बयान दिएका छन् । पछिल्लो समय आशारामले ती बालिकालाई बलात्कार गरेको गाउँलेहरुले नै देखेपछि प्रहरीमा उजुरी गरेका थिए ।

विवाह भएर श्रीमतीले छाडेपछि एक्लै बसेका माझीले बालिकालाई विवाह गर्ने लगायतका प्रलोभन देखाइ बलात्कार गरेको प्रहरीलाई बयान दिएका छन् । प्रहरीले माझीलाई आइतबार पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । बालिकालाई भने स्वास्थ्य परीक्षणका लागि पठाएको छ ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...